झगनखबर
चैत ७ । सुनकोशी गाउँपालिकामा दुर्घटना हुँदा दुइजना घाइते भएका छन् चालक फरार रहेका छन् । बुधबार दिउँसो करिब १२ः३० बजेको समयमा कोषहाटबाट गिट्टी बोकेर च्यानम तर्फ जाँदै गरेको लु ४ त ६५३० नम्बरको ट्याक्टर सुनकोशी गाउँपालिका वडा नं ५ स्थित ओख्रेमा दुर्घटना भएको हो । सडक छेउको भाग भासिन गई सडक बाट करिब ५०।६० मिटर तल झरी दुर्घटना भएको थियो ।
ट्याक्टरमा सवार सुनकोशी गाउँपालिका वडा नं ५ का अन्दाजी ४८ बर्षीय लेख बहादुर कटवाल, सोही वडाका वीर बहादुर भुजेल घाइते भएका छन् । घाइतेहरुको सामुदायिक अस्पताल मिसन सोब्रुमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । दुवै जना घाइतेको अवस्था मध्यम बोल्न सक्ने रहेको पनि बताएका छन् । चालक उदयपुर जिल्ला कटारी नगरपालिका वडा नं ४ बस्ने वर्ष ३२ को मिन बहादुर खड्का घट्नास्थलबाटै फरार रहेको प्रहरीले जनाएको छ । चालक गम्भिर घाइते भई अस्पताल लगिएको स्थानिय बासीले बताएका थिए । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरिक्षक एवं सुचना अधिकारी बलिस्टार सिँहले भने चालक फरार रहेको र खोजी कार्य जारी भएको जानकारी दिनुभएको छ । घट्नाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।