सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने एमालेको निर्णय

ओखलढुंगा १३ फागुन । नेकपा एमालेले  सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार ललितपुर पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। एमालेले पार्टी उपाध्यक्ष नेम्वाङलाई बनाउने निर्णय लिएसँगै राष्ट्रपतिका लागि दुई जना उमेदवार तय भइसकेका छन्। नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ। कांग्रेसका पौडेललाई ८ दलको समर्थन छ। एमालेका उम्मेदवारलाई  कुन, कुन दलले समर्थन गर्छन् भन्ने नखुलेको भएपनि एमालेका सचिव योगेश भट्टराईले आफ्नो उम्मेदवारले जित्ने दावी गरेका छन् ।

प्रतिक्रिया