जन्तरखानीमा घरमा आगलागी, दशलाख क्षति


झगनखबर

चैत १८ । ओखलढुंगा जिल्लाको जन्तरखानीमा घरमा आगलागी हुँदा १० लाख भन्दा बढीको क्षति भएको छ । आगलागीले घरभित्र भएका सम्पुर्ण सामग्रीहरु जलेर नष्ट भएको हो । सिद्धिचरण नगरपालिका वडा नं ६ स्थित रांगेलका काजी शेर्पाको घरमा आगलागी भएको थियो । ढुंगामाटोले बनेको जस्ताको छानो भएको शेर्पाको घरमा शनिबार राती कबि १० बजेको समयमा आगलागी भएको थियो । आगलागी भएपछि स्थानियबासी र प्रहरीको सहयोगमा राती करिब १ बजेको समयमा नियन्त्रणमा लिइएको थियो । आगलागीबाट कुनै मानविय र पशुचौपायाको क्षति नभएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । आगलागी के कारणले भएको हो थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया