पैह्रेमा तिन माननिय : तत्काल काम शुरु गर्न निर्देशन


मंसिर २१, ओखलढुंगा । नवनिर्वाचित माननियहरुले आज (बुधबार) पैह्रे खोलामा मोटरेबल पुलको काम तत्काल शुरु गर्न निर्देशन दिएका छन् । प्रतिनिधी सभा सदस्य रामहरि खतिवडा, प्रदेश सभा सदस्य प्रदेश (क) प्रदिप कुमार सुनुवार, प्रदेश (ख) बाबुराम गौतम फिल्डमै उपस्थित भएर पुलको काम शुरु गर्न निर्देशन दिइएका हुन् । ओखलढुंगा सदरमुकाम बाट पश्चिम तर्फ जाने सडक, नाकाको रुपमा रहेको यो खोलाले वर्षाको समयमा नागरिकहरुले शास्ति ब्यहोरीरहेका छन् । वर्षामा सानो पानी पर्ने बितिक्कै पहिरो खस्ने भएकाले पश्चिम तर्फ जाने नागरिकहरु दिनहु रोकिनु पर्ने समस्या  छ । जिल्लाको मोलुङ, खिजीदेम्बा, लिखु चम्पादेवी गाउँपालिका र सुनकोशी गाउँपालिकाको केहि वडाहरुमा यहि बाटो भएर जानु पर्दछ । वर्षाको समयमा यहाँ पुल नहुँदा खिजीफलाटे गाउँपालिका र लिखु गाउँपालिकाका नागरिकरु सिन्धुलीको खुरकोट हुँदै रामेछापको मन्थली बाट दुइ दिन यात्रा गर्न बाध्य छन् । तर हिउदको समयमा यहि बाटो प्रयोग गरेर यात्रा गर्दा सबभन्दा टाढा रहेको लिखु गाउँपालिका र खिजीदेम्बा गाउँपालिमा ५ देखि ६ घण्टामा पुग्न सकिन्छ । यो वर्ष ३० लाख बजेट भएकाले तत्काल काम शुरु गर्न निर्देशन दिइएको संघिय माननिय रामहरि खतिवडाले बताए । आजै (बुधबार) जिल्लास्थित विकासे कार्यालय लगायतका कार्यालय प्रमुखहरु सँग जिल्लाको समग्र विकासको बारेमा छलफल भएको बताएका छन् । जिल्ला प्रशासन कार्यालय ओखलढुंगामा भएको छलफल कार्यक्रममा तिनै जना माननिय र जिल्लास्थित कार्यालयका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया