ओखलढुंगा कार्तिक ७ ।
गत मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधी सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा
तिनैवटा सिट गठबन्धनले जितेको छ । प्रदेश सभातर्फ २ वटा र प्रतिनिधी तर्फ एउटा सिट
भएको जिल्लामा तिनैवटा सिट गठबन्धनका उम्मेदवारले जितेका हुन् । प्रदेश क तर्फ नेपाली
कांग्रेसका केन्द्रिय सदस्य प्रदिप कुमार सुनुवार विजयी भएका छन् । प्रदेश ख तर्फ
नेकपा माओबादीका केन्द्रिय सदस्य बाबुराम गौतम विजयी भएका छन् । भने प्रतिनिधी सभा
सदस्यमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं संविधान सभा सदस्य रामहरि खतिवडा
विजयी भएका छन् । गठबन्धन संग नेकपा एमाले एक्लै चुनावी मैदानमा थियो । प्रतिनिधी
सभामा नेकपा एमालेका केन्द्रिय सदस्य, संविधान सभा सदस्य, निवर्तमान सांसद यज्ञराज सुनुवार
उम्मेदवार थिए । प्रदेश सभा सदस्य क मा प्रदेश नं. १ का पुर्व भौतिक योजना मन्त्रि
अम्बिरबाबु गुरुङ उम्मेदवार थिए । त्यसै गरि प्रदेश सभा सदस्य प्रदेश ख तर्फ ज्ञान
बहादुर खड्का (जिबी) उम्मेवार थिए ।