राजकुमार कार्की
पुस ९ । बिदाको समयमा आफ्नो घरमा
खुशी मनाउन आएको छोरा आफ्नै आमाको हातबाट मर्नुपर्छ भनेर सायदै सोच्न सकिने विषय
होइन । तर ओखलढुंगा जिल्लाको खिजीदेम्बा गाउँपालिका–९, पात्लेमा आफ्नै आमाको
हातबाट ११ वर्षीय छोरा साङ्गे शेर्पाको ज्यान गएको छ । खिजीदेम्वा–८, स्थित किलखोर्दीङ
गुम्बामा लामा अध्ययन गरिरहेका छोरा बिदाको समयमा आमा– बुवासँग खुशी मनाउन
घर आएका थिए । स्थानीयबासीका अनुसार, घरमा आएको छोरा साङ्गेले आमासँग भने; ‘आमा मलाई मासु खान मन
लागेको छ ल्याई दिनु न’ छोराको मासु खाने रहर सहितको आग्रह आमाले
ठाडै अस्वीकार गरिन्, र मासु ल्याउने छाँटकाट देखाईनन् । आमाको यो व्यवहार देखेर छोरा विरक्तीय
र घरमा मासु खान नपाएपछि छिमेकीको घरबाट कसैलाई नसोधी मासु ल्याएको निहुँमा
छोरालाई झुण्ड्याएर मारेकी थिईन ।
४१ वर्षीय आमा आङपेम्बा शेर्पाले आफ्नै छोरा
११ वर्षीय साङ्गे शेर्पाको कर्तब्य गरी
ज्यान मारेको कसुरमा मंसिर १६ गते प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले
नियन्त्रणमा लिएर गरिएको अनुसन्धान र शव परिक्षण प्रतिवेदनले बालकको कर्तब्य गरी
ज्यान गएको खुलेको थियो । सम्मानित जिल्ला अदालत ओखलढुंगाको पुस ६ गतेको आदेश
अनुसार पुर्पक्षको लागि शेर्पालाई कारागार चलान गरिएको छ । प्रहरी अुनसन्धान
पश्चात जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय
ओखलढुंगाले जानकारी दिएको छ ।
आफ्नै छोराको हत्या गर्ने आमा को थिइन र
कसरी गरिन् हत्या
आङपेम्बा शेर्पा र साविक रगनी गाविस हाल
खिजीदेम्बा २ का आङकामी शेर्पा बिचमा आज भन्दा करिब २२ वर्ष पहिले विवाह भएको थियो
। विवाह पश्चात उहाँहरुबाट ६ जना बच्चाको जन्म भएको थियो । ६ जना बच्चा मध्ये
पहिलाका २ वटी छोरी, १ जनाको करिब २÷३ वर्षको उमेरमा र अर्काको सानैमा मृत्यु भएको थियो । दुईवटी छोरीको
मृत्यु भएपछि ४ जना छोराहरु, २१ वर्षीय छप्ते शेर्पा, १८ वर्षीय छिरिङ
शेर्पा,
१४ वर्षीय फुर्वा
शेर्पा र ११ वर्षीय साङ्गे शेर्पा बाँकी रहेका थिए । आजभन्दा लगभग १ वर्षजति
अगाडीको समयमा आङपेम्बा शेर्पाले
खिजीदेम्वा गाउँपालिका ९ पात्लेका करिब ७२ वर्षीय गेल्बु शेर्पासँग दोश्रो विवाह
गरेकी थिइन् । दोश्रो विवाह गर्दा कान्छो छोरा साङ्गे शेर्पालाई पनि साथमै लिएर
आएकी थिइन् । कान्छो छोरालाई खिजीदेम्वा–८, स्थित किलखोर्दीङ गुम्बामा लामा अध्ययन गर्न
पठाएका थिए । लामा अध्ययन गर्दै रहेका छोरा आमासँग बिदा मनाउन आमा भएको ठाउँ खिजीदेम्बा ९ मा आएका थिए । घरमा
आएका साङ्गे शेर्पाले आमासँग मासु खान मन लागेको इच्छा ब्यक्त गरेका थिए । तर आमाले मासु ल्याउने छाँटकाट नदेखाएपछि
नजिकैका छिमेकीको (नाम नखुलेको) बाट जानकारी नदिई मासु झिकेर घरमा लिएर आएका थिए ।
छिमेकीकोबाट सुचना नदिई (चोरी गरेर) मासु ल्याएको देखेर आमा रिसले चुर हुँदै
छोरालाई पिट्न थालीन र अन्तिममा घाँटीमा पासो लगाई मारेर घरको कुलेसोमा राखिन् ।
र मेरो छोरा साङ्गे खेल्दाखेल्दै म¥यो भन्दै, रुदै, कराउदै छिमेकी
गाउँलेहरुलाई बोलाइन् । उनका श्रीमान गेल्बु शेर्पा भने ससुरालीमा गएका थिए । उनि
र उनका छोरा मात्रै घरमा भएको बेला छोराले छिमेकीको घरबाट मासु झिकेर (चोरेर)
ल्याएका थिए । छिमेकीको घरबाट मासु चोरेर ल्याएको देखेर छोराको हत्यापश्चात
स्थानीय नागरिकलाई छोरा मरेको खबर गरेकी थिईन । स्थानीयबासी जम्मा भएपछि बच्चाको शव
देख्दा शंकास्पद देखिएपछि जनप्रतिनिधीलाई खबर गरेका थिए । जनप्रतिनिधी लगायतका
स्थानीय नागरिक जम्मा भएपछि, मेरो छोरा खेल्दाखेल्दै मरेको र दाहसंस्कार गर्न
छिटो लैजान अनुरोध गर्दै आफन्त मार्फत जनप्रतिनिधीलाई समेत अनुरोध गर्न प्रेशर
दिइएकी थिइन् । आमाको यस्तो क्रियाकलाप देखेर स्थानीयबासी र जनप्रतिनिधीले
आमामाथी नै शंका गर्ने यथेष्ट प्रमाण भएको दावी गरेका थिए । कुलेसोमा सुताएर
राखिएको बच्चाको घाँटीमा प्रष्ट देखिने डोरीको डाम भएको वडा अध्यक्ष ङवाङफुरी
शेर्पाले बताउनु भयो । भने नन्द दाटी शेर्पा (पहिलाको श्रीमानको बहिनी) ले समेत
बच्चा आफै मरेको नभई कर्तब्य ज्यान भएको हुनसक्ने भन्दै प्रहरीलाई फोनमार्फत
जानकारी दिएकी थिइन् ।
पहिलाको घरमा हुँदा सासु आमालाई र जेठो
छोरालाई समेत मारेर जेल जान्छु भनेर धम्की दिने गरेको दाटी शेर्पाले जानकारी दिएकी
छन् । (वडा अध्यक्ष ङवाङफुरी शेर्पा र
नन्द (पहिलाको श्रीमानको) बहिनी दाटी शेर्पासँगको कुराकानीको आधारमा तयार पारिएको
हो ।)