काठमाण्डौ २५, फागुन । नयाँ
राष्ट्रपति चुन्नको लागि भएको निर्वाचनमा
मतदान सकिएको छ। नयाँ बानेश्वरस्थित संसद भवनमा बिहीबार बिहान १० बजेदेखि सुरू
भएको मतदान दिउँसो ३ बजे सकिएको हो। राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर
किसान पार्टीे मतदानमा सहभागी भएनन् । राप्रपाको संघीय संसदमा १४ र प्रदेश सांसद २८ छन् । त्यस्तै नेपाल मजदुर किसान
पार्टीको संघीय संसदमा १ र प्रदेशसभामा ३ जना सदस्य छन् ।आजको मतदानमा ३१३ संघीय
सांसद र ५१८ प्रदेश सभा सदस्यले मतदान गरेका छन्। निर्वाचन आयोगका अनुसार कुनै मत
पत्रमा स्वस्तिक छाप नलगाइएको पाइएमा र सम्बन्धित उम्मेदवारको नाम लेखिएको कोठामा
मत संकेत प्रयोग नगरी अन्यथा गरेको पाइएमा त्यस्ता मत पत्र बदर हुनेछन्। मतदान
सकिएसँगै मतगणनाको लागि तयारी भइरहेको
निर्वाचन आयोगले जनाएको छ ।
२५ फाल्गुण २०७९, बिहिबार ०३:५७ मा प्रकाशित
246