विद्यार्थीलाई निशुल्क ड्रेस वितरण


असार ९ । त्रिवेणी आधारभूत विद्यालय चम्पादेवी २ पलापुका विद्यार्थीहरुलाई निशुल्क ड्रेस वितरण गरिएको छ । चम्पादेवी ४ फेदिगुठ निवासी धन बहादुर गिरीले निशुल्क ड्रेस वितरण गर्नु भएको हो । विद्यालयमा आइतबार एक कार्यक्रमको आयोजना गरी ड्रेस वितरण गरिएको  प्रधानाध्यापक भवनाथ बरालले बताउनु भयो । १,५ सम्म रहेको विद्यालयमा ७० जना छात्र छात्रहरुलाई ३ पिस ट्रयाकसुट वितरण गरिएको छ । उक्त विद्यालयमा माझी समुदायका विद्यार्थीहरु अध्ययनरत छन् । गिरीले आफ्नो ब्यक्तिगत लगानीमा विद्यार्थीहरुलाई ड्रेस वितरण गरेको बताएका छन् । विपन्न तथा असहाय विद्यार्थीहरुलाई शिक्षा र स्वास्थ्यमा सहयोग गर्दै आउनु भएका गिरीले उक्त विद्यालयका विद्यार्थीहरुलाई ड्रेस वितरण गर्नु भएको छ । आफुले कमाएको केहि अंशलाई जोगाई गरिव तथा असहाय विद्यार्थीहरुलाई शिक्षा र स्वास्थ्यमा सहयोग गर्दै आएको गिरीले बताउनु भयो । कार्यक्रममा चम्पादेवी गाउँपालिका प्रमुख नवराज केसी लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया