फागुन १८ । ओखलढुंगा
जिल्ला चम्पादेवी गाउँपालिका–५, निवासी मनोज बुढाथोकीले बृद्धबृद्धालाई खाना
खुवाउदै आफ्नो जन्मदिन मनाएका छन् । फागुन १७ गते परेको आफ्नो जन्मदिनको अवसरमा
जे.पी. प्रतिष्ठान मैत्रीसेवा आश्रमका बृद्धबृद्धालाई खाना खुवाएका हुन् ।
मैत्रीसेवा आश्रममा रहेका २६ जना बृद्ध बाआमाहरुलाई खानाको व्यवस्था गराईएको आश्रम व्यवस्थापक
मण्डल गिरीले जानकारी दिए । नेबिसंघका नेता समेत रहेका बुढाथोकीले प्रत्येक वर्ष
आफ्नो जन्मदिन मैत्रीसेवा आश्रममा मनाउने गरेका छन् ।
१८ फाल्गुण २०८१, आईतबार ०७:४२ मा प्रकाशित
1301