कास्कीमा विभिन्न ठाउँमा पहिरोमा परी ११ जनाको मृत्यु

 कास्कीका विभिन्न स्थानमा गए रातिको पहिरोमा परी ११ जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिकामा १० र मादी गाउँपालिकामा एक जना गरी ११ जनाको मृत्यु भएको हो ।

 पुरुनचौर तल्लाकोटका कुलबहादुर परियारको घर पहिरोमा पुरिँदा सात जनाको मृत्यु भएको छ । यसैगरी पोखरा ३२ चैनपुरस्थित बाह्रबिसेमा पहिरोको कारण तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मादी गाउँपालिका११ ताप्लेमा गए राति पहिरोमा परी बेपत्ता भएकी ८० वर्षीया माइतीकुमारी गुरुङको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक बसन्तकुमार शर्माले जानकारी दिनुभयो । मृतकको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया