राजकुमार कार्की
चैत ३१ । जिल्लाको सिद्धिचरण नगरपालिका अन्तरगत ठाडे जन्तरधापमा फुलेका गुराँसले पर्यटकलाई आकर्षण बढाएको छ । सिद्धिचरण नगरपालिका वडा नं ६ का ठाडे र जन्तरधाप क्षेत्रमा ढकमक फुलेका गुराँसका फुलले आकर्षण बढाएको हो । विभिन्न कलरमा फुलेका गुराँसका फुलहरुले सबैलाई मन्त्रमुग्ध बनाउने गरेको छ । सोलुसल्लेरी जाने मुख्य सडकको आसपासमा र जन्तरखानीका भित्री वनहरुमा पनि गुराँस फुलेर ढकमक छन ।
पाखामा विभिन्न जातका
गुराँसका फुल फुलेका कारण आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । गुराँस
फुलेको हेर्ने टिकटक बनाउने, भिडियो बनाउने र रमाईलो गर्न आउने पर्यटकका कारण
स्थानीय ब्यापार ब्यावसायमा समेत टेवा पुगेको वडा अध्यक्ष मेख बहादुर मगरले बताउनु
भयो । गुुराँसको सुन्दरताको अवलोकन र मनोरञ्जनका लागि जिल्ला भित्रका र अन्य
विभिन्न जिल्लाका पर्यटक आउने गरेका छन् । अन्य समयको तुलनामा गुराँस फुलेको समयमा
तुलनात्मक रुपमा होटल ब्यावसाय बढ्ने गरेको होटल व्यावसायी इन्द्र बहादुर मगरले
बताउनु भयो । खाजा खाना र विशेष गरि आलुका परिकारहरु बढी बिक्री हुने गरेको होटल
ब्यावसायी मगरले बताउनु भयो ।
विशेष गरी फागुन
महिनाको दोश्रो हप्तादेखि चैत महिना भरी फुल्ने गरेको छ । गुराँस फुलेको एक महिना
सम्म राम्रो देखिने र त्यसपछि झर्न थाल्ने
स्थानीय बल बहादुर मगरले बताउनुभयो । यो वर्ष
पानी नपरेका कारण गतवर्षहरुमा जस्तो गुराँस नफुलेको मगरले बताउनु भयो । माघ
महिनामा पानी पर्दा गुराँस छिटो फुल्ने र ढिलो समय सम्म अडिने गर्छ । तर समयमा
पानी नपर्दा गुराँस पनि कम फुल्ने र छोटो समयमै सुक्ने गरेको छ ।
गुराँस जोगाउनलाई वडा
कार्यालयले गुराँस संरक्षण अभियान सन्चालन गरेको छ । अहिले वडाले गुराँस भएको
ठाउँमा झाडी फाँडेर सफा बनाएर गुराँसका बिरुवा मात्र जोगाउन शुरु गरेको छ ।
स्थानीयबासीले दाउराको रुपमा प्रयोग गर्न गुराँस काटने गरेका थिए । तर अहिले वडा
कार्यालयले गुराँस जोगाउन गुराँस संरक्षण अभियान नै सुरु गरेको छ । आफु वडाअध्यक्ष
भएदेखि नै अभियान सन्चालन गरेको वडाअध्यक्ष मेख बहादुर मगरले जानकारी दिनुभयो ।
अहिले कसैले पनि गुराँसको बिरुवा काट्दैनन्, गुराँस भएका ठाउँमा अन्य घाँसपात लगायत
नचाहिने झ्यासहरु सफा गर्न सबै लाग्ने गरेका छन् । कसैले गुराँस काटेको थाहा भएमा
वन ऐन अनुसार कारवाही गरिने अध्यक्ष मगरले जानकारी दिनुभयो ।
कति जातका गुराँस
पाइन्छन् भन्ने कुनै जानकारी तथ्याँक नभएपनि सेतो, रातो, बैजनी लगायतका कलरमा
फुलेको प्रष्ट देख्न पाइन्छ । जिल्लाभरी कति ठाउँमा गुराँस फुल्ने गरेका छन्
जिल्ला वन डिभिजन कार्यालयमा एकीन तथ्याँक भने छैन । खिजीदेम्बा गाउँपालिकाको
माथील्लो भेगमा गुराँस फुल्ने गरेका छन् ।