बैशाख १८ । नेपाल शिक्षक महासंघ र
सरकारबीच ९ बुँदे सहमति भएको छ । शिक्षामन्त्री रघुजी पन्त र शिक्षक महासंघबिच
बुधबार बेलुका सहमति भएको हो । सहमति भएका विषयहरू मन्त्रिपरिषदबाट पारित भएपछि
निर्णयहरू कार्यान्वयनमा आएका हुन् ।
सहमति भएका ९ बुँदाहरु यस प्रकार रहेका छन् :
१. शिक्षकहरूको स्वास्थ्य उपचारका
सम्बन्धमा काठमाडौँमा अवस्थित निजामती अस्पतालमा सम्पूर्ण शिक्षक तथा विद्यालय
कर्मचारीलाई सहुलियत उपलब्ध गराउने व्यवस्था गर्ने ।
२. अस्थायी प्रकृतिका शिक्षक – राहत,अस्थायी, साबिक उमावि, सिकाई अनुदान, प्राविधिक धार, विशेष शिक्षा र बाल विकास सहजकर्ताको
बिरामी बिदा सञ्चित हुने र सो बापतको रकम अवकाश भएका बखतमा एकमुष्ट प्राप्त गर्ने
।
३. प्रारम्भिक बाल विकास सहजकर्ता र
विद्यालय कर्मचारीको पारिश्रमिकका सम्बन्धमा नेपाल सरकारबाट तोके बमोजिम व्यवस्था
गर्ने ।
४. आगामी आर्थिक वर्ष २०८२र८३ बाट
स्थायी शिक्षकमध्ये प्राथमिक तृतीय, प्राथमिक
द्वितीय, निम्न माध्यमिक तृतीय र माध्यमिक प्रथम
श्रेणीका शिक्षकहरूको लागि निजामती सरह ग्रेड सङ्ख्या र रकम कायम गर्ने ।
५.
स्थायी तथा अस्थायी प्रकृतिका कोटा ९राहत, अस्थायी, करार साविक उमावि, प्राविधिक धार र विशेष शिक्षा० का सबै
शिक्षकले प्रचलित कानुन बमोजिम दुर्गम भत्ता पाउने व्यवस्था गर्ने ।
६. सामुदायिक विद्यालयमा कार्यरत निजी
स्रोतका शिक्षक तथा कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न नियमावलीमा
व्यवस्था गर्ने ।
७. नेपाल सरकारको मर्यादाक्रम सूचीमा
शिक्षकहरूलाई समावेश गर्ने ।
८. नेपाल शिक्षक महासङ्घको आन्दोलनका
क्रममा घाइते भएका सम्पूर्ण शिक्षक, सुरक्षाकर्मी, कर्मचारी तथा पत्रकारहरूको सरकारी
अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने ।
९. निम्न माध्यमिक तह प्रथम श्रेणी का
शिक्षकको तलब तथा ग्रेड माध्यमिक द्वितीय श्रेणीका शिक्षक सरह हुनेगरी कायम गर्ने
।