पुस २६, काठमाण्डौ । गठबन्धन बाट प्रधानमन्त्री बनेका प्रचण्डले आफू यस पटक सिंहदरबारमा अर्को कार्यकालको फोटो झुन्ड्याउन मात्र उपस्थित भएको होइन । “म विश्वास दिलाउँछु हरेक पटक संसद्मा म उपलब्धिका डाटा र रिपोर्ट कार्डका साथ उपस्थित हुनेछु,” । “सिङ्गो सदनको साझा प्रधानमन्त्रीका रूपमा मलाई राष्ट्रनिर्माणको नेतृत्व गर्ने एउटा मौका मिलोस्।” २०७२ सालको भूकम्पपछि संसद्मा प्रमुख प्रतिपक्ष दलको नेताको रूपमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई यो सङ्कटमा अब संसद्मा कुनै पक्ष–प्रतिपक्ष छैन भनेको स्मरण गरेका थिए। देश अझै ुसङ्कटमा रहेको बताउँदै उनले अर्थतन्त्रका सूचकहरू राम्रो नभएको, शान्तिप्रक्रियाका कामहरू बाँकी रहेको, निरपेक्ष गरिबीमा झन्डै ५० लाख नेपालीहरू रहेको, लाखौँ युवालाई विदेशमा काम गरिरहेको बताउँदै सिङ्गो देश एक ठाउँमा उभिन आग्रह गरेका थिए। पहिलो पटक प्रधानमन्त्री हुँदा आफूसँग अनुभव र टीम दुवैको अभावमा ूविभाजित मनोदशामा रहेको र पार्टीभित्रको सङ्घर्षमा बढी रुमल्लिएको बताए। दोस्रो कार्यकालका बेला राजनीतिक सहमतिको अक्षरशः पालना गर्दै सत्ता हस्तान्तरण गरेको उनले बताए। मतदान सुरुअघि सांसदलहरूले उठाएको प्रश्नको उत्तर दिँदै प्रचण्डले सत्ता साझेदार दलहरूबीच मतभेद भए पनि गठबन्धनको एकताको आधार आफूहरूले तय गरेको साझा नीति कार्यक्रम रहेको बताए। हिजो सदन विघटन गर्नु सही थियो, थिएन, यो अहिले सत्ता साझेदारीभित्रको विषय होइन। यो संविधान कार्यान्वयन गर्ने कुराप्रति हाम्रो गम्भीरता र प्रतिबद्धता कायम छ। उनले सदनबाटै कानुनसम्मत ढङ्गले ऐन बनाएर टीकापुर हिंसाको सजाय झेलिरहेका रेशम चौधरी लगायतका त्यस किसिमले बन्दी बनाइएका नेता कार्यकर्तालाई छुटाउने वातावरण बनाइने बताए।
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा :
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभाको पुस २५ को बैठकमा नेकपा एमालेका अध्यक्ष केपी ओलीले फेरि पनि संसद् विघटन गर्न सकिने कुरा जोडदार रूपमा दोहोर्याएको बताउँदै प्रधानमन्त्री प्रचण्डका लागि यो परीक्षणको घडी भएको बताए। “संविधानको पालना र रक्षाका लागि हिजोका दिनमा वर्तमान प्रधानमन्त्रीसहित हामी एक ठाउँमा उभिएका थियौँ,” प्रतिनिधिसभामा बोल्दै देउवाले भने। “आज फेरि वर्तमान सत्ता गठबन्धनका प्रमुख घटकका नेताबाटै संवैधानिक व्यवस्थालाई चुनौती दिएको परिप्रेक्ष्य संविधानको रक्षाका लागि खरो रूपमा उभिने चुनौती हाम्रो सामुन्ने आएको छ।”
नेकपा एमालेका अध्यक्ष केपी शर्मा वली :
नेपाली कांग्रेसले सरकारलाई विश्वासको मत दिएको विषयमा केपी शर्मा ओलीले देउवाले प्रजातन्त्रको नयाँ भाष्य निर्माण गरेको बताए। कांग्रेसले पुष्पकमल दाहाललाई समर्थन गर्नु नपर्ने कुनै कारण नभएको बताउँदै ओलीले भने, “दुई वर्षपछि समर्थन गर्छु भनेकै थियो अहिले किन नमिल्ने ”ओलीले आफूले दुई पटक गरेको संसद् विघटनको प्रतिरक्षा गरे। नेपाली काङ्ग्रेसले सरकारलाई मत दिएको विषयमा ओलीले कटाक्ष गर्दै सदाशयताबाहेक अरू केही होइन भने, जाल होइन भने, त्यो स्वागतयोग्य रहेको बताए।