झगनखबर
चैत २० ।ओखलढुंगा जिल्लाको मानेभन्ज्याङ गाउँपालिका वडा
नं १ मोलीस्थित रामपुरमा खरपाखामा लागेको आगो अनियन्त्रीत हुँदा तीन घर नष्ट भएका
छन् । स्थानिय मिन बहादुर कट्वालको २ वटा हरि बस्नेतको १ वटा गरी जम्मा तीन वटा घर
जलेर नष्ट भएका हुन् । दुवै जनाको ढुंगामाटोले बनेको एक तले घर जलेका छन् । घरमा
मान्छे बस्ने नगरेको भएकाले ठुलो आर्थीक र मानविय क्षति नभएको स्थानियले बताएका
छन् । खरपाखामा लागेको आगो नियन्त्रण गर्न नसक्दा ब्यक्तिको घरमा आगो लागेको थियो
। मंगलबार करिब १२ः१५ बजेको समयमा आगलागी भएको थियो । घरमा लागेको आगो प्रहरी र
स्थानियबासीको सहयोगमा नियन्त्रणमा लिएको भएपनि खरपाखामा आगलागी भईरहेको जिल्ला
प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । यो समचार तयार पार्दा सम्म खरपाखाको आगो
नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणमा लिने प्रयास भईरहेको र तत्काल अन्य
ब्यक्तिको घर, मानव बस्ती जानसक्ने अवस्था नरहेको
प्रहरीले जनाएको छ ।