ओखलढुंगामा लडेर बृद्धको घटनास्थलमै ज्यान गयो


राजकुमार कार्की

 जेठ २८ । जिल्लाको सुनकोशी गाउँपालिका , भुल्केमा एक बृद्धको लडेर घटनास्थलमै मृत्यु भएको छ । ७९ वर्षीय बृद्ध भिम प्रसाद गौतमको घाँस काटन् जाँदा मंगलबार विहान लडेर मृत्यु भएको हो । मंगलबार विहान करिब ६ बजेको समयमा घाँस काट्न जान्छु भनी घरबाट जानु भएको थियो । घाँस काटन गएको लामो समय घर नफर्केपछि परिवारले खोजतलास गर्ने क्रममा दिउसो करिब ३ बजेको समयमा मृत अवस्थामा फेला पारेको परिवारलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जानकारी दिएको छ । घरदेखि करिब २ सय ५० मिटर टाढा पानी टयाङकीको छेउमा घाँसको भारी सहित लडेर मृत अवस्थामा भेटिएको मृतकका भाई विष्णु प्रसाद गौतमलाई उदृत गर्दै प्रहरीले जनाएको छ । घाँसको भारी सहित बाटोमा मृतअवस्थामा भेटीएका गौतमलाई स्थानीयबासीको सहयोगमा घरमा लगेर राखिएको थियो । विष्णु प्रसाद गौतमको सुचनाको आधारमा इलाका प्रहरी कार्यालय बरणेश्वर रामपुरबाट प्रहरी टोली गई घट्नास्थल सुरक्षित राखेको र थप कानूनी प्रकृयाका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक बिक्रम बहादुर भट्टराईको कमाण्डमा प्रहरी टोली घट्नास्थल तर्फ गएको छ ।

प्रतिक्रिया