मोलुङमा स्कारपियो दुर्घटना चालकको मृत्यु, ५ घाइते


झगनखबर

फागुन ३ । ओखलढुंगा जिल्लाको मोलुङमा   स्कारपियो दुर्घटना हुदा चालकको मृत्यु भएको  छ । दुर्घट्ना हुदा चालक मोरङ पथरी नगरपालिकाका गणेश रसाईलीको मृत्य भएको हो ।  मोलुङ हाईड्रोपावर कम्पनीका कर्मचारी चढेको स्कारपियो मोलुङ गाउँपालिका ५ ओखरबोट स्थित सडक खण्डमा दुर्घटना भएको हो ।  विहिबार  दिउँसो करिब १ बजेको समयमा भएको दुर्घटनामा ५ जना घाइते भएका छन् ।  तेह्रथुमको मेन्छयाम गाउँपालिका ५ का ३२ वर्षीय यज्ञप्रसाद निरौला, भक्तपुरको सल्लाघारी बस्ने ३८ वर्षीय मित्रलाल भुर्तेल, सिन्धुलीका ४५ वर्षीय सन्देश कार्कीसुनसरीको रामधुनी नगरपालिका ४ का ३२ वर्षीय अर्जुन दाहाल र मोलुङ गाउँपालिका ५ बस्ने ४० वर्षीय कुमार कार्की घाइते भएका छन् ।

घाइतेमध्ये मित्रलाल भुर्तेल, सन्देश कार्की र कुमार कार्की गम्भीर छन् । गम्भीर घाइतेहरुलाई आजै   फिस्टेल हेलिकोप्टरबाट थप उपचारका लागि काठमाडौँको हेम्स अस्पताल पठाइएको  जानकारी दिएका छन् ।


बा २० च ४८६२ नम्बरको स्कारपियो प्राप्चाबाट खोलाखर्क तर्फ आउदैँ गर्दा टर्निङमा अनियन्त्रित भई सडक बाट अन्दाजि १०० फिट तल झरी  दुर्घटना भएको  जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

 

प्रतिक्रिया