यो साता परिणाममुखी जिम्मेवारी
वहन गर्ने समय आएको छ । उपहार पाइनसक्छ । छोटो दुरीको लाभदायक यात्रा रहला । महिला
वर्गबाट विषेश सहयोग मिल्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । कार्य सम्पादनमा सहजता
मिल्नेछ । नयाँ कार्यको योजना बन्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता पनि मिल्ला
। यो साताका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको
स्मरण गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।
वृष : इ,
उ,
ए,
ओ,
वा,
वि,
वु,
वे,
वो
यो साता परीक्षा आदि प्रतिस्पर्धामा
उत्तीर्ण हुन सकिनेछ । पुरानो समस्या सुल्झाउन सकिने र रोकिएका अधुरा कामहरू पुरा
हुनेछन् । वैदेशिक कार्य अघि बढ्नेछ । साताको अन्त्यमा शैक्षिक क्षेत्र कमजोर रहन
सक्छ । प्रेममा बाधाका साथै बन्न लागेको काम बिग्रनेछ । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग
सुन्तला हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि देवीजीको दर्शन गरि
कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।
यो साता धार्मिक यात्राको योग छ
। आदर्श व्यक्ति सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । घरमा अतिथिको आगमन पनि हुनेछ
। अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् । साताको मध्य भागमा
आफूलाई कमजोर भएको अनुभूति हुनेछ । घरायसी झमेलामा परिनेछ । यो साताका लागि शुभ
अङ्क १,५ र शुभ
रङ्ग निलो या पर्पल हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गा भवानीको आरधना गरि
यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।
यो साता फजुलको खर्च बढ्न सक्छ
। सामाजिक काममा व्यस्त हुने समय रहेको छ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु
पर्ला । मङ्गलवारबाट कुनै समाचारले मनमा शान्ति छाउनेछ । रोकिएको अधुरो कार्यले
पूर्णता पाउनेछ । सामाजिक क्षेत्रबाट गतिलो साथ र समर्थन मिल्नेछ । यो साताका लागि
शुभ अङ्क ४,८ र शुभ
रङ्ग सेतो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा
अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।
यो हप्ता महिला वर्गबाट विशेष सहयोग
मिल्नेछ । सामाजिक कार्य अघि बढ्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । व्यवसायका लागि
यात्राको सम्भावना पनि छ । साताको उत्तरार्धबाट घर व्यवहारको समस्याले सताउनेछ ।
व्यापार व्यवसायमा बाधा आउन सक्छ । यो साताका लागि शुभ अङ्क ६,७ र शुभ रङ्ग हरियो
वा खैरो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको दर्शन गरि कार्य
आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो साता प्रेम र मित्रताको
बन्धन कसिने बेला छ । पढाइ लेखाइमा प्रगति हुनेछ सामाजिक र राजनैतिक कार्य अघि
बढ्नेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ शैक्षिक क्षेत्रबाट पनि सफलता मिल्नेछ ।
साताको मध्यमा नियम र अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छ । यो
साताका लागि शुभ अङ्क ३,८ र शुभ
रङ्ग बैजनी वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको स्मरण गरि कार्य आरम्भ
गर्दा अधिक सफलता मिल्नेछ ।
यो हप्ता गोपनीय ढङ्गले गरिएको
क्रियाकलापमा सफलता पाउनुहुनेछ । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ ।
राज्यबाट मान सम्मान पाइनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । चिताएको कामले
तीव्रता लिनसक्छ । नयाँ सवारी साधन प्राप्तिको योग पनि छ । यो साताका लागि शुभ
अङ्क २,९ र शुभ
रङ्ग घ्यू रङ्ग वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरि कार्य
आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो साता लत्ता कपडामा बढी धन खर्च हुनेछ ।
मनमा निराशा र शरीरमा आलस्य आउला । मङ्गलबारबाट नयाँ कामको थालनी हुनेछ । दैनिक
कार्यमा प्रगति हुँदै जानेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । धार्मिक तथा समाज
सेवामा मन लाग्नेछ । यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग पहेँलो वा गुलाबी हो । कुनै
शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महासरस्वतीको दर्शन गरि कार्य आरम्भ
गर्दा सफलता प्राप्त हुनेछ ।
यो साता रोकिएका कामहरू पुनः
सुरु हुन सक्छन् । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न
गर्दा सफलता मिल्नेछ । प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । साताको
अन्त्यमा कार्य सम्पादनमा समस्या आउला । व्यस्तता बढ्नुका साथै सामान हराउन सक्नेछ
। यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग सेतो वा पर्पल हो । कुनै शुभकर्म गर्नु पूर्व
लक्ष्मीजीलाई स्मरण गर्नाले राम्रो हुनेछ ।
यो साता लगनशीलताले कामहरू
अगाडि बढ्नेछन् । दाजुभाइ तथा दिदीबहिनीले तपाईँका विचारलाई समर्थन गर्नेछन् ।
कीर्तिमानी काम गर्ने समय छ । राजनैतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ । कला, साहित्य तथा सङ्गीतमा रुचि
बढ्नेछ । सन्तान सुख पनि मिल्न सक्छ । यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग नीलो वा सेतो हो ।
कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।
यो साता आँटेको र ताकेको कार्य पुरा होला ।
लाभदायक यात्राहरू हुनेछ । वित्तिय संस्था र शेयर बजारबाट राम्रै सफलता मिल्न सक्छ
। मङ्गल कार्यको योग छ र सन्तान सुख पनि मिल्नेछ । साताको अन्त्यमा बाटो काट्दा वा
यात्रा गर्दा सचेत हुनुपर्छ । खानपिनमा विचार पनि पुर्याउनु पर्छ । यो साताका लागि
शुभ अङ्क ५,९ र शुभ रङ्ग ध्वाँसे वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व
हनुमानजीको स्मरण गरि कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।
यो साता शरीरमा स्फूर्ति र उमङ्गको कमी
हुनेछ । नाक तथा घाँटीमा समस्या आउन सक्छ । सामान हराउने सम्भावना छ, सचेत रहनुहोला ।
मध्य साताबाट सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । इच्छा र आकाङ्क्षा
पूर्ण हुनेछ । यो साताका लागि शुभअङ्क २,९ र शुभरङ्ग खैरो वा हल्का पहेँलो हो ।
कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शन गरि आरम्भ
गर्दा अधिक लाभ मिल्नेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको यो साता शुभ रहोस् ।