ओखलढुंगा २८, फागुन । सिन्धुलीको फिक्कल गाउँपालिका ४ कुईभिरमा भएको
बस दुर्घटनामा ६ जनाले ज्यान गुमाएका छन् । आईतबार विहान रुम्जाटार बाट
काठमाण्डौका लागि छुटेको यात्रुबाहक बस मध्यपहाडी लोक मार्ग अन्तर्गत कुइभिरमा
दुर्घटना भएको हो । चालक सहित ३५ जना यात्रु भएको बस दुर्घटना हुँदा ६ जनाको
घट्नास्थलमै ज्यान गएको छ भने २९ जना घाइते भएका छन् । ज्यान गुमाउनेमा ३ जना
पुरुष र ३ जना महिला रहेका छन् । गम्भिर घाइते भएका ५ जनालाई उपचारका लागि हेलीकोप्टर मार्फत काठमाण्डौ लगिएको छ । अन्य
घाईतेहरुलाई खुर्कोट अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले
जानकारी दिएको छ । बा २ ख ६५९६ नम्बरको यात्रुबाहक बस ब्रेक फेल भई अनियन्त्रीत
हुदा दुर्घटना भएको हुनसक्ने प्रहरीले आँकलन गरेको छ ।
२८ फाल्गुण २०७९, आईतबार ०६:५७ मा प्रकाशित
240