बैशाख २ । लिखु गाउपालिका प्रमुख अशोक कुमार कार्कीलाइ मातृशोक परेको छ । कार्कीकी ममतामयी माता बालकुमारी कार्कीको बैशाख १ गते निधन भएको हो । दमको रोग र ग्यास्ट्रीक रोगबाट ग्रसित कार्कीको ९१ वर्सको उमेरमा निधन भएको परिवार श्रोतले जानकारी दिएका छन । स्वर्गीय कार्कीका ६ छोरा र ६ छोरी रहेका छन । सबै छोराहरु नेपाली काङ्ग्रेशमा रहेर समाजसेवामा लागीरहेको बताएका छन । अशोक कुमार कार्की महाधिवेशन प्रतिनिधी र लिखु गाउपालिका प्रमुख हुनुहुन्छ । घन बहादुर कार्की लिखु-४ का अध्यक्ष हुनुहुन्छ । मेघ बहादुर कार्की लिखु गाउपालिकाका उपसभापती हुनुहुन्छ । रण बहादुर कार्की पनि नेपाली नेपाली काङ्ग्रेशमा आबद्ध हुनुहुन्छ भने बिश्णुकुमार कार्की प्रदेश ख का उपसभापती हुनुहुन्छ । उहाको निधन लिखु गाउपालिका- ४,यसम निवासमा भएको जानकारी दिएका छन ।
२ बैशाख २०८२, मङ्गलबार ०९:४८ मा प्रकाशित
1077