अन्तर्राष्ट्रिय सन्त बाबा कालीदास किन आउदैछन ओखलढुंगा, के के छन् कार्यक्रम


फागुन २९ । अन्तर्राष्ट्रिय सन्त महामंडलेश्वर स्वामी श्री श्री १००८ बाबा कालीदास कृष्णानन्द (परमहंस) स्वामीजी महाराज ओखलढुंगा  आउने कार्यक्रम पक्का भएको छ । मोलुङ गाउँपालका, हर्कपुरमा  जलजलेश्वर महादेवको दर्शन तथा पूजार्चना गर्न चैत २ गते शनिबार जलजलेश्वर आउने कार्यक्रम पक्का भएकोे हो ।

कालीबाबाको नेपालस्थित रहेको सचिवालयका अनुसार, शनिबार विहान  ११ः३० बजे काठमाण्डौबाट ओखलढुंगा प्रस्थान गरिने । दिउँसो १२ बजे ओखलढुंगाको जलजलेश्वर महादेव मन्दिर परिसर स्थित हेलीप्याडमा अवतरण गर्ने । १२ बजेदखि १२ः५ सम्म स्वागत कार्यक्रम तथा महादेव मन्दिर प्रबेश गर्ने । १२ः५ देखि १२ः १५ बजे सम्म १० मिनेट पूजा तथा दर्शन । १२ः१५ देखि १२ः२० सम्म ५ मिनेट अभिनन्दन कार्यक्रम । १२ः२० देखि १२ः३० सम्म आशिर्वचन प्रदान गरिने । १२ः३० देखि १२ः३५ बजे बिदाई तथा जन्मथलो सानीटार प्रस्थान गरिने कार्यक्रम तालीका रहेको छ ।

जिल्ला समन्वय समिति ओखलढुंगा, मोलुङ गाउँपालिकाले नागरिक अभिनन्दन गर्ने जलजलेश्वर महादेव प्रतिष्ठानले धार्मिक अभिनन्दन गर्ने कार्यक्रम रहेको प्रतिष्ठानले जानकारी दिएको छ ।

विश्व समाजमा प्रसिद्धि  आर्जन गर्नुभएका अन्तर्राष्ट्रिय सन्त महामंडलेश्वर स्वामी श्री श्री १००८ बाबा कालीदास कृष्णानन्द (परमहंस) स्वामीजी महाराज साविक वर्णालु गाविस हाल सिद्धिचरण नगरपालिका, सानीटारमा जन्मनु भएको हो ।  २ गते शनिबार आफ्नो जन्मथलो सानीटारमा भेटघाट कार्यक्रम पश्चात हलेसी महादेव दर्शनका लागि खोटाङ जाने कार्यक्रम रहेको बताएका छन् ।

प्रतिक्रिया