झगनखबर
यो साता लामो समयदेखिका बाधाहरू
स्वत: फुकुवा हुनेछन् । महिला वा मित्रबाट विशेष साथ र सहयोग मिल्नेछ । आफ्नै
दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । मनको डरले सताए पनि व्यवहारमा फाइदा
हुनेछ । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । यो
साताका लागि शुभ अङ्क ३,५ र शुभ
रङ्ग सिन्दुरे वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा
अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।
वृष : इ,
उ,
ए,
ओ,
वा,
वि,
वु,
वे,
वो
यो साता लामो समयदेखिका बाधाहरू स्वत:
फुकुवा हुनेछन् । महिला वा मित्रबाट विशेष साथ र सहयोग मिल्नेछ । आफ्नै दक्षतामा
विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ ।
राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । यो साताका लागि
शुभ अङ्क ३,५ र शुभ रङ्ग सिन्दुरे वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व
विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।
यो साता शुभकार्यको चर्चा चल्नेछ । धार्मिक
तथा समाजसेवामा मन लाग्नेछ । रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । धनार्जनका
नयाँ योजना र स्रोतहरू पत्ता लाग्नेछन् । मित्रजनको साथ सहयोगले उल्लेख्य कार्य
सम्पादन हुनेछ । ठूला व्यक्तिले तपाईंको मेहनतको प्रशंसा गर्नेछन् । धार्मिक
यात्राको योग पनि रहेको छ । यो साताका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग हरियो
वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व सूर्यको दर्शन गरि यात्रा आरम्भ गर्दा अधिक
सफलता मिल्नेछ ।
यो साता
चिताएको कामले तीव्रता लिनेछ । नयाँ सवारी साधन प्राप्तिको योग पनि छ । आफ्नै
दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । पारिवारिक साथ, प्रेम, सद्भाव र
स्नेह बढ्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । साताको अन्त्यमा घरायसी
कामधन्दाका लागि खट्नु पर्ने छ । यो साताका लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग पहेँलो हो । कुनै शुभकर्म गर्नु
पूर्व वा यात्रामा जानु अघि नवग्रहको स्मरण गरि यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।
यो साताको सुरुका दिनमा ताके
अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । सामान हराउने वा चोरी हुने भय छ । आर्थिक
कारोबारमा मन्दी आउला । जिद्दीपनाले गर्दा काम बिग्रने र प्रेममा मनमुटाव आउला ।
साताको अन्त्यमा रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । प्रेम र मित्रताको
बन्धन कसिने र रमाउने समय पनि छ । यो साताका लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग घ्यू रङ्ग हो ।
कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ
।
यो साता रमाइलो यात्राको योग
रहेको छ । परीक्षामा सफलता पनि मिल्नसक्छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न
रहनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । प्रेम जीवन सुखद् नै रहनेछ । वाहन लाभ
पनि हुनेछ । मध्य सातामा विचार पुर्याएर निर्णय लिनु राम्रो होला । यो साताका लागि
शुभ अङ्क ५,८ र शुभ
रङ्ग आकाशे पर्पल वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि
शिवजीको आरधना गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।
यो सातामा नयाँ कार्यको योजना
बन्नेछ । कुनै कुराले मन प्रसन्न रहनेछ । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू
पुरा हुनेछन् । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न सेवा र सहयोग गरि लगानी
गर्ने समय आएको छ । मध्य सातामा नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनेछ । प्रेमी /
प्रेमिकाका बिच खिन्नता बढ्नेछ । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग सुन्तला वा सेतो
हो । कुनै शुभकर्म गर्नु पूर्व देवीजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।
यो साता धार्मिक र न्यायिक
कार्यमा सफलता मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । बुद्धिको उपयोगले
लक्ष्य पहिल्याउन सकिनेछ । शुभकार्यको चर्चा चल्नेछ । धर्मकर्म, परोपकार र समाजसेवा जस्ता
कार्यमा मन लाग्नेछ । साताको अन्त्यमा ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ ।
यो साताका लागि शुभ अङ्क ३,७ र शुभ
रङ्ग नीलो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको
स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो साता घरायसी समस्या बढ्नेछ ।
गरेको काममा ढिलासुस्ती हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । बुधवारबाट
बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्यहरू सम्पादन हुन सक्छ । समाजसेवा जस्ता
कार्यमा मन लाग्नेछ । शेयर बजारको लगानीले पछि राम्रो हुनसक्छ । यो साताका लागि
शुभ अङ्क २,७ र शुभ
रङ्ग कालो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि गणेशजीको पूजा
गरि कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।
यो साता आस मारेको काम बन्नेछ ।
चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता
ल्याउनेछ । शुभ समाचार सुन्न पाइनेछ । वाणिज्य क्षेत्रबाट विशेष लाभ रहनेछ ।
परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ ।
तीर्थाटनको योग पनि छ । यो साताका लागि शुभ अङ्क १, र शुभ रङ्ग गुलाबी वा कालो हो ।
कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक लाभ
मिल्नेछ ।
यो साता छोटो दुरीको लाभदायक यात्रा हुनेछ
। परोपकार तथा पुण्य आर्जन गर्न संलग्न भइनेछ । काम देखाएर अरूको मन लोभ्याउन
सकिनेछ । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । मध्य सातामा
महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । दाम्पत्य जीवनमा एक किसिमको निरासता आउन सक्छ ।
यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग गुलाबी वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व
महासरस्वतीको ध्यान गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो साता सामाजिक र अरुको हित हुने काममा
समय व्यतीत हुनसक्छ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । बुद्धिको उपयोग
गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । कृषिकर्म र व्यावसायिक काममा पनि
प्रशस्त फाइदा हुनेछ । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । यो साताका
लागि शुभ अङ्क २,७ र शुभ रङ्ग सेतो वा कालो हो । कुन शुभकर्म गर्नु पूर्व माता
बगलामुखीको स्मरण गरि कार्य आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको यो साता शुभ रहोस् ।
- ज्यो.प.
नारायणप्रसाद दुलाल
राशिफल जे जस्तो भएपनि तपाईंको यो साता शुभ रहोस् ।