चम्पादेवीमा ट्रयाक्टर दुर्घटना हुँदा सहचालकको घट्नास्थलमै मृत्यु


झगनखबर

बैशाख ४ । ओखलढुंगाको चम्पादेवी गाउँपालिका वडा नं ७ जौखोरीया स्थित दुम्से खोलामा ट्रयाक्टर दुर्घटना हुँदा सहचालकको घट्नास्थलमै मृत्यु भएको छ । ओखलढुंगा बाट बिलन्दु तर्फ जाँदै गरेको लु ३ त ९९७४ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा सहचालक फुर्तेम्बा शेर्पाको घट्नास्थलमै मृत्यु भएको हो । ट्रयाक्टर चालक  मोलुङ गाउँपालिका वडा नं २ का अन्दाजी २५ वर्षिय अभय सुनुवार गम्भिर घाइते भएका छन् । घाइते सुनुवारलाई उपचारको लागि सामुदायिक अस्पताल मिसन सोब्रुमा लगिएको प्रहरीले जानकारी दिएको छ । सुनुवारको टाउको र ढाडमा गम्भिर चोट लागेको बताएका छन् ।

 सिद्धिचरण नगरपालिका वडा नं ७ बिगुटारका शेर्पाको भने घट्नास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मंगलबार साँझ करिब ५ बजेको समयमा ट्रयाक्टर आफै अनियन्त्रीत भई सडकबाट करिब ५० मिटर तल झरी दुर्घटना भएको थियो । मृतकको लास घट्नास्थलमै प्रहरीको सुरक्षामा रहेको र थप कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय बरुणेश्वरबाट प्रहरी निरीक्षकको टोली घट्नास्थल तर्फ गएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकरी एवं प्रहरी निरिक्षक बलिष्टार सिँहले जानकारी दिनुभयो ।

प्रतिक्रिया