झगनखबर
मेष चु,
चे, चो, ला, लि, लु, ले, लो, अ
यो साता अतिथिको रूपमा सत्कार
पाइएला । छोटो दुरीको लाभदायक यात्राहरू हुनेछ । कुनै नयाँ ठाउँमा निवेश र लगानीको
वातावरण बन्नेछ । कतै घुम्न जाने योजना पनि बन्न सक्छ । सजिलै अरुको विश्वास जित्न
पनि सकिनेछ । यो साताका लागि शुभ अङ्क ५,७ र शुभ रङ्ग कलेजी वा कालो हो
। कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरि कार्य गर्नाले अधिक सफलता मिल्नेछ
।
वृष इ, उ,
ए, ओ,
वा, वि,
वु, वे,
वो
यो साता गोपनीय ढङ्गले गरिएको
क्रियाकलापमा सफलता पाउनुहुनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । आकस्मिक धनलाभ र
आर्थिक क्षेत्रमा सफलता मिल्नेछ । साताको मध्यमा किनमेल गर्दा विशेष सावधानी
अपनाउनुहोला, सामानहरू
छुट्ने वा हराउने सम्भावना छ । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग सेतो वा पहेँलो हो
। कुनै शुभकर्म गर्नु पूर्व पितृ देवको स्मरण गरि कार्य गर्दा अधिक लाभ मिल्नेछ ।
मिथुन का, कि,
कु, घ,
ङ, छ,
के, को,
हा
मनमा निराशा र शरीरमा आलस्य
आउला । सोमबारबाट धार्मिक तथा सांस्कृतिक कृत्यमा रुचि बढ्नेछ । आदर्श व्यक्ति
सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । नियम र अनुशासनलाई बेवास्ता गर्दा अवसर र
लाभ गुम्न सक्छ । परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ । यो साताका लागि
शुभ अङ्क ५,६ र शुभ
रङ्ग सेतो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णुजीको स्मरण गर्नाले सफलता
मिल्नेछ ।
कर्कट हि, हु,
हे, हो,
डा, डि,
डु, डे,
डो
यो साता
मठमन्दिरको भ्रमणले थप ऊर्जा प्रदान गर्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू
सम्पन्न हुनेछन् । नयाँ बिजनेश प्लानको योजना बन्नेछ । साताको उत्तरार्धबाट
व्यापार व्यवसायमा बाधा आउला । घर व्यवहारको समस्याले सताउनेछ । यो साताका लागि
शुभ अङ्क ३,८ र शुभ रङ्ग गुलाबी वा हरियो हो । शुभकर्म
गर्नु पूर्व विष्णु भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
सिंह मा,
मि, मु, मे, मो, टा, टि, टु, टे
यो हप्ता शिक्षा, बौद्धिकतार न्यायिक कार्यमा
सफलता मिल्नेछ । मनमा हर्ष, उमङ्ग र
उत्साह छाउनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । पुँजी बजारमा अहिले गरेको
लगानीले पछि सफलता पाइनेछ । आफन्तसँग रमाइलो भेटघाट पनि हुनेछ । यो साताका लागि
शुभ अङ्क २,९ र शुभ
रङ्ग पहेँलो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गरि कार्य
आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
कन्या टो, पा, पि,
पु, ष,
ण, ठ,
पे, पो
साताको सुरुका दिनमा रमाइला
यात्राका योगहरू रहेका छन् । पारिवारिक साथ र सहयोगले उल्लेख्य कार्य सम्पादन हुने
देखिन्छ । हाँसखेल र मनोरञ्जनपूर्ण समयपनि रहेको छ, तर स्वास्थ्य क्षेत्र निर्बल
रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ । यो साताका लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग घ्यूरङ्ग हो ।
कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट
सफलता मिल्नेछ ।
तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते
यो साता यात्रा गर्दा ध्यान दिनुहोला
बाटोमा दुःख हुन सक्छ । दौडधुप गर्नु गरेपनि लाभ नै हुनेछ । मनमा चिन्ता र शङ्का
उब्जनेछ । मध्य साताबाट विद्या र बुद्धिको विकास हुनेछ । नयाँ अवसर आउनाले मन
प्रसन्न रहनेछ । यो साताका लागि शुभ अङ्क ४,६ र शुभ रङ्ग गुलाबी वा हो । कुनै शुभकर्म
गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शन गरि आरम्भ गर्दा लाभ
मिल्नेछ ।
वृश्चिक तो, ना,
नि, नु, ने,
नो, या, यि,
यु
यो साता कतै घुम्न जाने योजना
बन्न सक्छ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । नयाँ काम वा रोजगार पाइनेछ ।
विशिष्ट व्यक्तिको साथ पाइनेछ । आफन्तले तपाईँका विचारलाई समर्थन गर्नेछन् ।
मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । यो साताका लागि शुभ
अङ्क ५,९ र शुभ
रङ्ग पर्पल वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गरि कार्य आरम्भ
गर्दा अधिक लाभ हुनेछ ।
धनु ये, यो, भा,
भि, भु,
धा, फा,
ढा, भे
यो साता कुनै कुराले मनमा
प्रसन्नता छाउनेछ । कसैलाई परदेशी घर फर्कने र घरपरिवारमा र रमाइलो धार्मिक तथा
समाज सेवामा मन लाग्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । वातावरण छाउनेछ ।
आफन्तले चुनौतीबाट मुक्त हुन सहयोग गर्नेछन् । यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग निलो वा ध्वाँसे
हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको दर्शन गरि कार्य
आरम्भ गर्दा अधिक सफलता प्राप्त हुनेछ ।
मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
यो सात कतै घुम्न जाने योजना
बन्न सक्छ । लामो समय देखि रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । आफ्नो
क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । विद्या र बुद्धिको विकास हुनेछ । धार्मिक तथा
महत्त्वको क्षेत्रको भ्रमण हुनसक्छ । प्रविधिको क्षेत्रमा पनि लगानीको समय छ । यो
साताका लागि शुभ अङ्क २,८ र शुभ
रङ्ग सुन्तला हो । कुनै शुभकर्म गर्नु पूर्व देवीजीको दर्शन गरि कार्य आरम्भ
गर्नाले अधिक सफलता मिल्नेछ ।
कुम्भ गु, गे, गो,
सा, सि,
सु, से,
सो, दा
यो हप्ता अनावश्यक र दैनिक व्यवहारमा खर्च
समेत बढ्न सक्छ । आँटेको काममा अवरोध सृजना हुनसक्ने सम्भावना छ । साताको मध्यबाट
सामाजिक र राजनैतिक कार्यमा सफलता मिल्नेछ । रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ
। यो साताका लागि शुभ अङ्क २, ८ र शुभ रङ्ग खैरो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा
यात्रामा जानु अघि हनुमानजीको स्मरण गरि कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।
मीन दि, दु, थ,
झ, ञ,
दे, दो,
चा, चि
यो साता चिताएको कामले तीव्रता लिनेछ ।
भाग्यले साथ दिनेछ भने नयाँ कार्यबाट पर्याप्त लाभ लिन सकिनेछ । वैदेशिक कार्यबाट
बढी लाभ र सफलता पाइनेछ । अचल सम्पत्ति हात पर्नुका साथै लाभदायक यात्रा हुनेछ ।
प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । यो साताका
लागि शुभ अङ्क १,३ र शुभ रङ्ग घिउ रङ्ग वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व
भैरवजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।
नयाँ वर्ष २०८१ को हार्दिक मंगलमय शुभकामना
झगनखबर परिवार