बिराटनगर १७, फागुन । प्रदेश नं. १
ले नाम पाउने संभावना बढेर गएको छ । पहिचान सहितको नामको खोजीमा पहिलो सरकारको
पुरै ५ वर्षको कार्यकाल समाप्त भयो, तर नाममा सहमति नहुदा नामाकरण नगरि सरकारको समय समाप्त भएको थियो । गत मंसिरमा भएको चुनाव पछि दोश्रो पटक अर्को सरकार
आएको छ । अहिलेको सरकारले नामाकरणको विषयमा संसदमा छलफल गरिरहेको छ । आज ( फागुन
१७) मा बसेको प्रदेश सभाको बैठले जसरी पनि नामाकरण गर्ने विषयमा प्रदेश सभा संसद
छलफल गरिरहेको छ । पहिचान सहितको नामाकरणको विषयमा दलहरुविचमा कुरा नमिल्दा अहिले
सम्म नामाकरण हुन नसकेको हो । आजको प्रदेश सभाको बैठक बाट जसरी पनि नामको टुङ्गो
लगाएरै छोड्ने एक सांसदले जानकारी दिए । दिउसो देखि बसेको प्रदेश सभाको बैठक यो
समचार तयार पार्दा सम्म बसिरहेको छ । नेपाली कांग्रेस, नेकपा एमाले र
नेकपा माओबादी प्रदेशको नाम कोशी राख्नेमा सहमत भएका छन् भने एकीकृत समाजबादी र
जनता समाजबादी पार्टी भने सगरमाथा, किँरात र लिम्बुवानलाई मिलाएर पहिचान सहितको
नामांकन हुनुपर्नेमा जोड दिईरहेका छन् । ९३ सदस्यीय प्रदेशसभामा नामकरणका लागि दुई
तिहाई मत आवश्यक पर्छ । एमालेको ४०, कांग्रेसको २९, माओवादी
केन्द्रका १३ र राप्रपाका ६ सांसद कोसी प्रदेशको पक्षमा छन् । नेकपा एकीकृत
समाजवादीका ४ र जसपाका एक सांसद किरात लिम्बूवान सगरमाथा राख्नुपर्ने पक्षमा छन् ।
अहिले पनि नामको विषयमा छलफलका लागि प्रदेश सभा बसिरहेको प्रदेश नं. १ का सभामुख
बाबुराम गौतमका स्वकीय सचिव नविन पौडेलले जानकारी दिए ।