झगनखबर
असोज १
असोज महिनामा
काम गर्दा आकस्मिक समस्या आइलागे पनि मित्रहरूबाट सहयोग जुट्नेछ । दूरदराजमा रहेका
आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । कुनै कारणवश रोकिएको कामले पनि गति लिनसक्छ । महिनाको
उत्तरार्धबाट योजना कार्यान्वयनमा ढिलाइ गर्नाले आफैँपछि परिनेछ । कार्यमा अवरोधका
साथै स्वास्थ्य प्रतिकूल रहन सक्छ । यो महिनाको लागि शुभ अङ्क २,७ र शुभ रङ्ग पर्पल वा पहेँलो हो । कुनै शुभकर्म
गर्नु पूर्व विष्णु भगवानको दर्शन गरि कार्य आरम्भ शरीरमा आरोग्यता मिल्नेछ ।
वृष : इ,
उ,
ए,
ओ,
वा,
वि,
वु,
वे,
वो
वृष राशिका जातकका लागि यो
महिना शुभ कार्यमा सरिक हुन सकिनेछ । क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको
ढोका खोलिन सक्छ । अभिभावकको सुझावले उचाइमा पुर्याउन सहयोग गर्नेछ, तर स्वास्थ्य भने राम्रो हुने देखिन्न
अत: स्वास्थ्य प्रति सजग रहन आवश्यक छ । २३ गतेबाट जिद्दीपनाले गर्दा काम बिग्रने
डर छ । शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । यो महिनाको लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग सेतो हो । कुनै
शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको ध्यान गरि आरम्भ गर्दा अधिक लाभ
हुनेछ ।
असोज महिना मिथुन राशिका लागि मिश्रित रहने
देखिन्छ । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । अनावश्यक घुमफिर नगरेकै जाती हुनेछ ।
महिनाको मध्यमा तार्किक क्षमता एवं बोलीको प्रभावले स्वरोजगार भइनेछ । रमाइलो
यात्रा गर्ने अवसर प्राप्त हुनेछ । २० गतेबाट नयाँ योजना कार्यान्वयनमा ल्याउन
मुस्किल पर्ला । व्यापार व्यवसायबाट पनि लाभ हुन सक्छ । यो महिनाको लागि शुभ अङ्क
५,९ र शुभ रङ्ग घ्यू
रङ्ग वा खैरो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि दुर्गाजीको स्मरण
गर्नाले शरीरमा आरोग्यता मिल्नेछ ।
कर्कट राशिका जातकका लागि यो महिनाको
सुरुका दिनमा मांगलिक कार्यमा उपस्थिति भइनेछ । नयाँ ज्ञान सिक्ने मौका पनि
मिल्नेछ । परदेशमा रहेका आफन्तसँग प्रविधि मार्फत भेटघाट हुनेछ । महिनाको मध्यमा
स्वास्थ्य प्रतिकूल हुने, आर्थिक पक्ष कमजोर हुने र बोलीको विपरीत अर्थ लाग्न सक्छ । बाटो
काट्दा वा यात्रा गर्दा पनि सचेत हुनुपर्नेछ । यो महिनाको लागि शुभ अङ्क ७,८ र शुभ रङ्ग रातो
वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व महालक्ष्मीजीको दर्शन गरि कार्य आरम्भ
गर्दा अधिक सफलता प्राप्त हुनेछ ।
असोज महिनामा सामूहिक तथा रमाइलो सफल
यात्रा हुनेछ । सामाजिक कार्यमा विशेष अभिरुचि रहनेछ । प्रेमका कोपिलाहरू फक्रिएर
जानेछन् । सेयर कारोबारबाट फाइदा हुनुका साथै छोटो र रमाइलो भेटघाट पनि हुनेछ ।
पढाई लेखाईमा राम्रो नतिजाका साथ सफलताको सिडिहरु चढ्न सकिनेछ , तर आनवास्यक हिँडडुल
नगरेकै जाती हुनेछ साथै स्वास्थ्य प्रति सजग रहनु पर्छ । यो महिनाको लागि शुभ अङ्क
२,८ र शुभ रङ्ग रातो
वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व महाकालीजीको स्मरण गरि कार्य आरम्भ गर्दा
शुभ फल प्राप्त हुनेछ ।
असोज महिनामा सद्विचारले अभिप्रेरित
हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । मित्रहरूबाट सहयोग जुट्नेछ र प्रेम सम्बन्धमा
मधुरता मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । राजनैतिक र सामाजिक
कामबाट सफलता पाइनेछ । जुक्ति र बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ ।
बाहिरी खानपान, समय र स्वास्थ्यको विशेष ख्याल गर्नुपर्नेछ । यो महिनाको लागि
शुभ अङ्क ५,७ र शुभ रङ्ग रातो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको
दर्शन गरि कार्य प्रारम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।
यो महिनामा तपाईंको राशिबाट
बाह्रौँ भावमा सूर्यले भ्रमण गर्नाले परिणाममुखी कार्य सम्पन्न गर्न ढिला हुनेछ ।
बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । महिनाको उत्तरार्धबाट कार्य
क्षेत्र वा समाजमा कुरा काट्नेको सङ्ख्या बढेपनि दाजुभाइ र साथीले राम्रो सहयोग
गर्नेछन् । लाभदायक भेटघाट र हौसला मिल्नेछ । बहुप्रतिक्षित काममा सफलता हात पर्न
सक्छ । यो महिनाको लागि शुभ अङ्क १,८ र शुभ रङ्ग पर्पल वा हरियो हो
। कुनै शुभकर्म गर्नु पूर्व महामृत्युञ्जय भगवानको ध्यान गरि आरम्भ गर्दा लाभ
प्राप्त हुनेछ ।
यो महिना राजनैतिक, सामाजिक तथा न्यायिक
क्षेत्रमा संलग्न व्यक्तिहरूले राम्रै सफलता प्राप्त गर्नेछन् । कृषि व्यवसायबाट
राम्रो प्रतिफल पाउन सकिन्छ । अचल सम्पत्ती हातपर्नसक्छ । २० गतेबाट राम्रो
गर्दागर्दै पनि अपजस आइलाग्नसक्छ । प्रेम सम्बन्धमा चिसोपन पनि आउनसक्छ । तर
अनावश्यक हिँडडुल नगरेकै जाती हुनेछ । यो महिनाको लागि शुभ अङ्क २, ६ र शुभ रङ्ग सेतो
वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको पूजा अर्चना
गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।
धनु राशिका लागि यो महिनामा समग्रमा सकारात्मक महिना नै रहेको छ । शुभकार्यको चर्चा चल्नेछ र शुभ समाचार सुन्न पाइएला । प्रेमी र प्रेमिकाबाट विशेष सहयोग मिल्नेछ । शेयर बजारबाट पनि राम्रै सफलता पाइनेछ । राज्यस्तरबाट लोभ लाग्दा अवसर प्राप्त हुने सम्भावना छ । कृषि क्षेत्रमा महत्त्वपूर्ण कामको थालनी हुनेछ, तर स्वास्थ्यको विशेष ख्याल गर्नुपर्नेछ । यो महिनाको लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग हरियो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट लाभ मिल्नेछ ।
यो महिनामा मकर राशिका जातकहरूले नयाँ र शुभ कार्यको योजना
बनाउने र सृजनात्मक क्षमतालाई प्रस्फुटन गर्न सक्नुहुन्छ । आफन्त र साथीभाइबाट
सहयोग तथा हौसला प्राप्त हुनेछ । नयाँ ठाउँमा रमाइला यात्राहरू हुनेछन् । मन
लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ, तर वैदेशिक
कार्य कमजोर रहने र नयाँ झैझगडा र मुद्दामामिलाबाट टाढिनु नै जाति हुन्छ । यो
महिनाको लागि शुभ अङ्क ३,६ र शुभ
रङ्ग पहेँलो वा नीलो हो । कुनै शुभकर्म गर्नु अघि भैरवजीको स्मरण गरि कार्य
गर्नाले अधिक सफलता मिल्नेछ ।
यो महिनामा सामाजिक कार्य गर्दा
मानप्रतिष्ठा कायम राख्न गोपनियतामा ध्यान पुर्याउनुहोला । आफ्नो कार्यक्षेत्रमा
झिनामसिना व्यवधान आइलाग्ने र मानसिक चिन्ता बढ्न सक्छ साथै स्वास्थ्यप्रति सजगता
अपनाउनु नै बुद्धिमानि हुनेछ । २२ गतेबाट नयाँ जिम्मेवारी र नयाँ कमको योजना
बन्नेछ । राजनीतिक कार्यमा ख्याति कमाउने योग छ । यो महिनाको लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग सेतो
वा निलो हो । कुनै शुभकर्म गर्नु सूर्य भगवानको उपासना गरि कार्य आरम्भ गर्नाले
शरीरमा आरोग्यता मिल्नेछ ।
असोज महिनामा सामाजिक कार्यमा विशेष रुचि
रहनुका साथै राजनैतिक र सामाजिक पदप्रतिष्ठा प्राप्तसमेत हुने देखिन्छ । अभिभावकको
सल्लाहअनुरूप चल्न सके राम्रो हुनेछ । मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि
पार्नेछ । तपाईंको लगनशीलतालाई भित्रभित्रै मन पराइएको अवस्था रहनेछ । घर ,जग्गाबाट लाभ मिल्ने
योग पनि छ । यो महिनाको लागि शुभ अङ्क ४,७ र शुभ रङ्ग सेतो या गुलाबी हो । कुनै
शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि सूर्यादि नवग्रहको स्मरण गरि कार्य
आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।