एक विद्यालय एक खेलमैदान व्यवस्थाका लागि पहल गर्छु : रामहरि खतिवडा


ओखलढुंगा ६,फागुन । प्रतिनिधी सभा सदस्य एवं नेपाली काँग्रेसका केन्द्रिय सदस्य माननिय रामहरि खतिवडाले  एक विद्यालय एक खेलमैदान व्यवस्थाका लागि पहलगर्ने बताउनुभएको छ । सिद्धिचरण नगरपालिका अन्तर्गत भएको राष्ट्रपति रनिङ शिल्ड खेल प्रयोगिताको उद्घाटन गर्दै यस्तो  यस्तो बताउनुभएको हो । उद्घाटन कार्यक्रममा बोल्दै माननिय रामहरि खतिवडाले अबका दिनमा प्रत्येक विद्यालयमा एउटा खेलमैदान अनिवार्य हुने व्यवस्थाका लागि केन्द्रिय सरकार र प्रदेश सरकार सँग पहल गर्ने बताउनु भयो ।  साथै उहाँले भन्नुभयोÙ प्रत्येक विद्यालयमा एउटा खेलमैदान, एकजना खेलकुद शिक्षक, प्रत्येक विद्यार्थीलाई दैनिक एक घण्टा खेलकुदमा लाग्ने अवसर प्रदान गर्ने हो भने विद्यार्थीलाई मात्र नभई सिङ्गो समाजलाई नै खेलकुद प्रति जागरुक बनाउन सकिन्छ । यसले, खेलकुदको मात्र विकास नभई स्वस्थ्यका हिसाबमा पनि स्वस्थ रहने अवसर प्रदान गर्दछ । सिद्धिचरण नगरपालिकाका मेयर तेजन खानाल (तेजेन्द्र) को सभापतित्व र   प्रतिनिधी सभा सदस्य माननिय रामहरि खतिवडाको प्रमुख आतिथ्यतामा उद्घाटन सत्र सम्पन्न भएको थियो । खेलमा स्थानिय तह भित्र भएका विद्यालयमा अध्ययनरत छात्राछात्रहरुको सहभागिता रहेको छ । विद्यार्थीहरुले खेलका विभिन्न विधामा भाग लिएका छन् ।  खेलको उद्घाटन सत्रमा विद्यार्थीहरुले मार्चपास गर्दै संघिय सांसद माननिय रामहरि खतिवडालाई सलामी दिएका थिए । सांसद खतिवडाले भूईमा उभिएर सलामी ग्रहण गर्नुभएको थियो ।   

प्रतिक्रिया