झगनखबर
माघ २७ । सिद्धिचरण नगरपालिका वडा नं ४
मा ब्यक्तिको घरमा आगोलागी हुँदा १५ लाख भन्दा बढीको क्षति भएको छ । वडा नं ४ को
लुतापुस्थित ६८ वर्षिय दुर्गादेवी दाहालको घरमा आगोलागी हुँदा १५ लाख भन्दा बढीको
क्षति भएको हो । आगोलागी बाट घरभित्र रहेका १ तोलाको सुनको औँठी, आधा तोलाको तिलहरी, भाँडावर्तन, लत्ताकपडा, अन्नपात लगायत फर्निचरका सामग्रीहरु
जलेर नष्ट भएका छन् । आगलागीबाट मानविय भने भएको छैन । आगलागी शुक्रबार करिब ७ः१५
बजे भएको थियो । स्थानियबासी र प्रहरीको सहयोगमा करिब ९ बजेको समयमा
पूर्णनियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
२७ माघ २०८०, शनिवार ११:०१ मा प्रकाशित
338