युएईको जेलमा मृत्यु दण्ड सुनाइएका श्रेठ र आलेमगरलाई बचाउन सांसद खतिवडाको सरकार सँग माग


झगनखबर

फागुन १० । ओखलढुंगा जिल्ला चिसंखुगढी गाउँपालिका ३ का भुवन श्रेष्ठ र धादिङ जिल्लाका पहलमान मगरलाई ब्लडमनीको व्यवस्था गरी बँचाई स्वदेश फर्काउने पहल गर्न संघिय सांसद रामहरि खतिवडाले सरकार समक्ष माग गर्नु भएको छ । बिहिबारको प्रतिनिधी सभा बैठकको  शुन्य समयमा बोल्दै ओखलढुंगाका श्रेष्ठ र धादिङका मगरलाई मृत्युदण्डबाट जोगाउन पहल गर्न आग्रह गर्नुभएको हो । ओखलढुंगा चिसंखुगढी गाउँपालिका ३ का यम बहादुर श्रेष्ठका छोरा र धादिङ जिल्लाका पहलमान मगर विगत ५ वर्षदेखि युएईको जेलमा रहेका छन् । नवलपरासीका बाबुराम आलेलाई अस्पताल लैजानेक्रममा बाटोमै मृत्यु भएकाले उनिहरुलाई शंका गरी ५ वर्ष जेल ५० लाख ब्लडमनीको सजाय सुनाइएको छ । ५ वर्ष जेल सँजाय र ५० लाख ब्लड मनीको व्यवस्था गर्न नसकेको खण्डमा मृत्यु दण्ड दिइने दुबै अदालतले फैसला गरेको छ । ५ वर्षको जेल सजाय भुक्तान हुन लागेको र ५० लाख पैसा जम्मा गर्न नसके मृत्युदण्ड हुने पक्का छ । सांसद खतिवडाले दुवैजनालाई सकुशल फर्काउन सरकार समक्ष माग गर्नुभएको छ । संसद बैठकमा बोल्दै उहाले भन्नुभयो;  'ओखलढुंगाका श्रेष्ठ र धादिङका मगर दुबैको जेलमा हुनुहुन्छ, उहाहरु नवलपरासीका साथी बाबुराम आलेलाई अस्पताल लैजाँदा बाबुराम आलेको मृत्यु भएपछि त्यो केशमा ५० लाख ब्लडमनी दिनुपर्ने कारणले जेलमा हुनुहुन्छ५० लाख ब्लडमनी दिननसके उहाँहरुलाई यहि महिनामा मृत्यु दण्ड दिइने युएई सरकारले घोषणा गरेको छ  ।  सरकारले भुवन श्रेष्ठ र बाबुराम आलेलाई छिटोभन्दा छिटो ब्लडमनी तिरेर स्वदेश ल्याउने प्रधानमन्त्री र परराष्ट्र मन्त्रीले त्यसको पहल गर्ने व्यवस्था गर्नुपर्यो'  भन्नु भएको छ साथै हमासले अपरण गरेका बिपीन जोसीको अवस्था के छ , त्यो सदनलाई जानकारी गराउन पनि माग गर्नुभएको छ । 

प्रतिक्रिया