लैंगिक समानता तथा सामाजिक समाबेशीकरण नीति पालिकालाई हस्तान्तरण


राजकुमार कार्की

 जेठ  ७ ।  लैंगिक समानता तथा सामाजिक समाबेशीकरण नीति तयार पारी मानेभन्ज्याङ गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । युएनएफपीएको आर्थीक सहयोग तथा जुरी नेपालको प्राविधीक सहयोगमा तयार पारिएको नीति पालिकालाई हस्तान्तरण गरिएको हो । बुधबार एक कार्यक्रमको अयोजना गरी  युएनएफपीएकी कार्यक्रम संयोजक रेखा श्रेष्ठले मानेभन्ज्याङ गाउँपालिकाका उपाध्यक्ष तथा लैंगिक हिँसा न्युनीकरण सन्जालका संयोजक आश्रचन राईलाई नीति तथा कार्ययोजना हस्तान्तरण गर्नु भएको थियो ।   

मानेभन्ज्याङ गाउँपालिकाका शाखहरुले तयार पारेको कार्ययोजनालाई युएनएफपीएको आर्थीक सहयोगमा जुरी नेपालको प्राविधीक सहयोगमा  तयार पारेको थियो । तयार पारीएको नीति तथा कार्ययोजना कार्यपालिकाले पास गरी कार्यान्वयनमा लैजानु पर्नेछ । तयार पारिएको नीति तथा कार्ययोजना जुरी नेपालकी प्रतिनिधी तनुजा वस्नेतले प्रस्तुत गर्नुभएको थियो ।  लैंगिक हिँसा न्युनीकरण सन्जालको बैठक बसी नीति तथा कार्ययोजनाको विषयमा छलफल भएको थियो ।

गाउँपालिकाको उपाध्यक्षको संयोजकत्वमा महिला शाखा प्रमुख सदस्य सचिव रहने गरी १० सदस्यीय  लैंगिक हिँसा न्युनीकरण सन्जाल गठन गरिएको छ । उक्त सन्जालको बैठक बसी विभिन्न ४ वटा महत्वपुर्ण निर्णय समेत गरिएको संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया