ओखलढुंगा ६, चैत । सहिद आदर्श
क्याम्पस रामपुरमा स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा नेपाल विद्यार्थी संघ
विजयी भएको छ । चैत ५ गते सम्पन्न भएको
स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा नेविसंघ को प्यानल नै विजयी भएको हो । नेविसंघको तर्फ बाट सुरेश
धमालाको नेतृत्वमा र अनेरास्ववियु र अखिल क्रान्तिकारीको तर्फ बाट जुनु कार्कीको
नेतृत्वमा चुनावमा गएको थियो । नेविसंघको तर्फबाट सुरेश धमला अध्यक्ष, पदमा १०७ मत, सुभम दाहाल
सचिव पदमा १११ मत, मिना कटवाल
कोषाध्यक्ष पदमा ११५ मत र सदस्यहरु सृष्टि कार्की ११० मत, प्रमोद खतिवडा
११९ मत सीता पौडेल ११४, भुवन धमला १०६ र यमुना दाहालक ११२ मत सहित विजयी भएको निर्वाचन
समितिले जनाएको छ । त्यसै गरि
अनेरास्ववियु र अखिल क्रान्तिकारीको तर्फबाट जुनु कार्की अध्यक्ष १०६ मत, सरोज ढकाल
सचिव ९८ मत, सरोज राई कोषाध्यक्ष ९९ मत
र सदस्यहरु जमुना श्रेष्ठ ९९, समिन माया तामाङ ९४, गिता भुजेल ९४ विमला
तामाङ ९५ र प्रजुला खतिवडा ९३ मत प्राप्त गरेका थिए ।