साप्ताहिक राशिफल
साताको
सुरुमा स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ । काम बिगार्नेको
सक्रियता रहनेछ । सोमबारबाट चिताएको कामले तीव्रता लिनेछ । समाजसेवामा मन लाग्नेछ
। लामो समय देखि रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । यो साताका लागि शुभ अङ्क
१,९ र शुभ रङ्ग पर्पल वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व
विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट सफलता अधिक मिल्नेछ ।
वृष M इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
यो
सातामा सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । विश्वास गरेकाले साथ दिनेछन् ।
शुभकार्यको चर्चा चल्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । अतिथिको रूपमा सत्कार
पाइनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । यो
साताका लागि शुभ अङ्क २,५ र शुभ रङ्ग सेतो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु अघि
हनुमानजीको स्मरण गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।
यो
सातामा बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू
सम्पन्न हुनेछन् । आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । बन्धु
बान्धव बाट सहयोग पनि मिल्ला । साताको अन्त्यमा आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।
यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग खैरो वा आकाशे रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व
भैरवजीको स्मरण गरि यात्रा गर्नाले सफलता मिल्नेछ ।
यो साता
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ
। खेतिपातीबाट बढी लाभ लिन सकिनेछ । साताको अन्त्यमा स्वास्थ्यप्रति र बाटो काट्दा
वा यात्रा गर्दा सचेत हुनुपर्छ । यो साताका लागि शुभ अङ्क ३,७ र शुभ
रङ्ग ध्वाँसे वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा कार्य गर्नु अघि विष्णु
भगवानको स्मरण गरि कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।
यो
सातामा गरेको काममा उल्टो परिणाम आइनपर्ला । नगद सापटी लिएका आफन्तहरूले वचन पूरा
नगर्दा आर्थिक झन्झट आइलाग्न सक्छ । मध्य साताबाट लामो समयदेखि रोकिएको कामबाट
राम्रो रहला । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । यो साताका लागि शुभ अङ्क ४,५ र शुभ
रङ्ग सिन्दुरे वा कालो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको स्मरण
गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।
यो
साताको सुरुका दिनमा लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । नयाँ कार्यको
योजना बन्नेछ । व्यापार व्यवसायमा सफलता पाइनेछ । शुभारम्भको चर्चा पनि चल्नेछ ।
साताको मध्यमा नियमको अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छन् । यो
साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग निलो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको
आरधना गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो साता
राजनैतिक र सामाजिक क्षेत्रबाट सफलता मिल्नेछ । एकपछि अर्को अवसर आउनाले मन
प्रसन्न रहनेछ । शुभ समाचार सुन्न पाइएला । नसोचेको ठाउँबाट धनागम हुनसक्छ । यो
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । शैक्षिक क्षेत्र पनि राम्रै रहनेछ ।
साताका लागि शुभ अङ्क १,४ र शुभ रङ्ग सेतो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु
भगवानको दर्शन गरि आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
यो साता नजिकको मित्रसँग भेटघाट
हुनेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । समाजबाट सहयोग मिल्ने देखिन्छ
। प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । साताको
उत्तरार्धमा प्रतिद्वन्दी हरूले कार्यमा अवरोध ल्याउनेछन् । यो साताका लागि शुभ
अङ्क ३,८ र शुभ
रङ्ग रातो वा निलो हो । शुभकर्म गर्नु पूर्व भगवतीको दर्शन गरि कार्य आरम्भ गर्दा
सफलता मिल्नेछ ।
यो साता
मध्यम नै रहने छ, साताको सुरुका दिनमा मनमा निराशा र शरीरमा आलस्य आउला र स्वास्थ्य
प्रति सजग रहन आवश्यक छ । मध्य साताबाट भने प्रिय व्यक्तिबाट विशेष सहयोग मिल्नेछ
। शुभकार्यको योजना र चर्चा चल्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । यो
साताका लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग खरानी हो । शुभकर्म गर्नु पूर्व शिवजीको दर्शन गरि
कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो सातमा
दाजुभाइ, दिदीबहिनीले तपाईँका सकारात्मक विचारलाई समर्थन गर्नेछन् । पराक्रम
बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् । प्रेम जीवन पनि सफल रहनेछ । शुभकार्यको
चर्चा चल्नेछ, तर स्वास्थ्य प्रति सजगता अपनाउनु पर्नेछ । यो साताका लागि शुभ
अङ्क ४,८ र शुभ रङ्ग खैरो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व
शिवजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो साता
रोकिएका काम पुनः सुरु हुन सक्छन् । साथीभाइ र आफन्तबाट सहयोग प्राप्त हुनेछ ।
व्यवसाय बढाउने वा नवीन रोजगारीको योजना बन्नेछ । बुधबारबाट दैनिकी कार्यमा भने
समस्या र अवरोध आउनेछ । शैक्षिक क्षेत्र पनि कमजोर रहनेछ । यो साताका लागि शुभ
अङ्क ४,५ र शुभ रङ्ग पर्पल वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व
दुर्गाजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो साता राजनैतिक कार्यमा सफलता मिल्नेछ । दैनिक कार्यमा सफलता पाइनेछ । रमाइलो र छोटो यात्राको सम्भावना समेत छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । यो साताका लागि शुभ अङ्क २,७ र शुभ रङ्ग सुन्तला वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व श्रीकृष्ण भगवानको स्मरण गरि कार्य आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको यो साता शुभ रहोस् ।
ज्यो.प. नारायणप्रसाद दुलाल