ओखलढुंगामा समाजबादी मोर्चा गठन


झगनखबर

भदौ २२ । ओखलढुंगामा समाजबादी मोर्चा गठन गरिएको छ । केन्द्रमा कम्युनिष्ट पार्टीका चार घटक मिलेर बनेको समाजबादी मोर्चा जिल्लामा पनि गठन गरिएको हो । जिल्लामा भएका राजनितिक दल नेकपा  माओबादी केन्द्र, नेकपा (एकिकृत समाजबादी) जनता समाजबादी पार्टी नेपाल र नेकपाको सयुक्त मोर्चा बनाईएको बताएका छन् । छरिएर रहेका कम्युनिष्ट पार्टीलाई एकताबद्ध गराउने, जनताका जनजिविका सबालहरुलाई एकैपटक तलदेखि माथी सम्म पुर्याउने सुधारको प्रयासका लागी यो मोर्चाले विशेष काम गर्ने नेकपा समाजबादीका केन्द्रिय सदस्य नेत्र प्रसाद भट्टराइले बताउनु भयो । केन्द्रमा समाजबादीका अध्यक्ष माधव कुमार नेपालले अध्यक्षता गरिरहनु भएकाले ओखलढुंगामा पनि नेकपा समाजबादीको अध्यक्ष भएको बताएका छन् । मोर्चामा प्रत्येक घटकका  अध्यक्ष, सचिव र १,१ जना महिला सदस्य रहने  बताएका छन् । भदौ २१ गते बसेको समाजबादी मोर्चा जिल्ला समन्वय समितिको बैठकले समाजबादी मोर्चा गठन गर्ने, २५ गते विराटनगरमा हुने प्रदेश स्तरको सन्देश सभालाई प्रभावकारी बनाउन सबै पक्षलाई अनुरोध गर्ने र स्थानिय तहसम्म समाजबादी मोर्चा नेपालको संयन्त्रलाई विस्तार गरी स्थानिय जनताका मुद्धाहरुलाई उठान गर्ने बताएका छन् । शुक्रबार पत्रकार सम्मेलन गरी समन्वय समिति गठन र निर्णय सार्वजनिक गरेका हुन ।

 

 

 

प्रतिक्रिया