अरिदमन गणद्वारा ओखलढुंगा ऐतिहासिक संग्रहालय निर्माण


ओखलढुंगा ५, फागुन  । नेपाली सेनाको अरिदमन गणले ओखलढुंगा ऐतिहासिक संग्रहालय निर्माण गरि नगरपालिकालाई हस्तान्तरण गरेको छ । सिद्धिचरण नगरपालिका वडा नं. ४ स्थित रुम्जाटार कालिका मन्दिरमा  संग्रहालय निर्माण गरेको हो । सेनाको जनहित कार्यक्रम अन्तर्गत ऐतिहासिक संग्रहालय निर्माण गरेको नेपाली सेना ओखलढुंगाले जनाएको छ । २० लाख लगानीमा निर्माण गरेको संग्रहालयमा नेपालीहरुले प्रयोग गरेका पुराना सामग्रीहरु राखिएका छन् । संग्रहालयमा सेनाले प्रयोग गरेका पुराना हातहतियारका तस्विरहरु सिसाको फ्रेमभित्र सजाएर राखिएको छ भने विभिन्न जातजातिका भेषभूषा, नेपालमा निर्मित पुराना सामग्रीहरु, धामी झाँक्रीले प्रयोग गर्ने ढ्याङ्ग्रो, गजो, निँगालो बाट बनेको डेली, थुन्से, काठबाट बनेको छाते ठेकी, काठको हर्पे,काठको डाडु, तेली ठेकी लगायतका सामग्रीहरु समेत राखिएको छ । युगकवि सिद्धिचरण श्रेष्ठको जीवनी लेखिएको र फोटो पनि राखिएको छ । ओखलढुंगा ऐतिहासिक संग्रहालयमा नेपालमा प्रयोग भएका पुरानो संस्कृति झल्काउने खालका सामग्रीहरु राखिने बताएका छन् । नेपाली सेना आफैले भवन निर्माण गरि सम्पन्न गरेको संग्रहालय  सिद्धिचरण नगरपालिकालाई हस्तान्तरण गरेको छ । फागुन ५ गते (शुक्रबार) एक कार्यक्रमको अयोजना गरि संग्रहालय नगरपालिकालाई  हस्तान्तरण गरिएको हो । अरिदमन गणको तर्फबाट  सहायक रथी श्री नं. १८ बाहिनीपति सन्तोष राज पाण्डेले सिद्धिचरण नगरपालिकाका मेयर तेजेन्द्र खनाललाई हस्तान्तरण गरेका थिए । अब उक्त संग्रहालयको रेखदेख संरक्षण सिद्धिचरण नगरपालिकाले गर्नेछ । यसलाई संरक्षण समिति र छुट्टै कार्यविधी बनाई कर्मचारी ब्यवस्थापन गर्ने र थप प्रभावकारी बनाउने नगरप्रमुख तेजेन्द्र खनालले बताउनु भयो । साथै उहाँले भन्नुभयो; यसको थप प्रचारप्रचार गरि आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धन गर्न स्थानिय सरकारको क्षमताले भ्याएसम्म हामी गर्नेछौ, त्यसको साथ साथै संघिय सरकार, प्रदेश सरकार र स्थानिय बुद्धीजीवीको पनि सहयोगको  आवश्यक पर्दछ

प्रतिक्रिया