रामेछाप बस दुर्घटनामा १२ जनाको मृत्यु ९ जनाको सनाखत


माघ २७ । रामेछाप जिल्लाको मन्थली नगरपालिका–६, भलुवाजोरमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । मंगलबार विहान काठमाण्डौबाट ओखलढुंगाको रगनी जाँदै गरेको यात्रुबाहक बस दुर्घटना भएको थियो । तिव्र गतिमा रहेको बस सिधै तामाकोशी नदिमा खसेको बताएका छन् ।

प्रदेश ०३–०१–००५ ख ९९७५ नम्बरको अरनिको यातायातको बस विहान ११ बजेको समयमा नदिमा खसेको थियो । दुर्घटनास्थलबाट १२ जनाको शव संकलन गरी मन्थली अस्पतालमा लगिएको प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुनेहरु :

१. दोलखा जिल्ला भिमेश्वर नगरपालिका–७ वस्ने अन्दाजी वर्ष २५ की बवी तामाङ

२. दोलखा जिल्ला भिमेश्वर नगरपालिका–८ वस्ने अन्दाजी वर्ष ६० को मान बहादुर तामाङ

३. रामेछाप जिल्ला लिखु तामाकोशी गाउँपालिका–४ बस्ने अन्दाजी वर्ष २८ को दिपेश बस्नेत

४. रामेछाप जिल्ला लिखु तामाकोशी गाउँपालिका–७ बस्ने अन्दाजी वर्ष ३५ की सानुमाया तामाङ

५.रामेछाप जिल्ला लिखु तामाकोशी गाउँपालिका–७ बस्ने अन्दाजी वर्ष ३१ की तारा तामाङ

६.रामेछाप जिल्ला लिखु तामाकोशी गाउँपालिका–७ बस्ने अन्दाजी वर्ष ३६ को भिम बहादुर तामाङ

७. रामेछाप जिल्ला लिखु तामाकोशी गाउँपालिका–७ बस्ने अन्दाजी वर्ष १६ की रमिता तामाङ

८.रामेछाप जिल्ला लिखु तामाकोशी गाउँपालिका–४ बस्ने अन्दाजी वर्ष १६ को दिपेन्द्र बस्नेत र

९. सिन्धुली जिल्ला गोलान्जोर गाउँपालिका–६ बस्ने अन्दाजी वर्ष ३४ को शिव श्रेष्ठ को सनाखत भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया