समचार संक्षेप - पानी बोक्न खर्चीने समय
अब तरकारी खेति र मनग्य वस्तु बाख्रा पालनमा खर्चिन्छौँ । - चुनावमा प्रतिबद्धता
गरेका थियौँ, आज काम सम्पन्न भयो, खुशी लागेको छ । - एक घण्टा डोकोमा गाग्री बोकेर हिड्नुपथ्र्याे, अहिले घरमै धारा
बन्यो । - सानो चित्रेमा ७९
घरधुरी र जंगलेमा ५१ घरधुरीमा एक घर एक धारा निर्माण भएको छ । - सिद्धिचरण नगरपालिका र नेपाल रेडक्रस सोसाइटीको संयुक्त लगानीमा योजना सम्पन्न भएको छ । |
राजकुमार कार्की
साउन १४ ।
एक घण्टाको बाटो गाग्रीमा पानी बोकेर जिविका चलाईरहेका सिद्धिचरण नगरपालिका–५, सानोचित्रेका नागरिक
यत्तिखेर खुशी भएका छन् । नगरपालिका र रेडक्र सोसाइटीको साझेदारीमा घरघरमा पानीको
धारा निर्माण भएपछि सानोचित्रेका नागरिक खुशी भएका हुन् । परापूर्वकाल देखि
खाईरहेको कुवाको पानी २०७२ सालको भुकम्पका कारण सुकेपछि पानीको हाकार भएको थियो
। नजिकमा पानीको श्रोत नभएपछि १ घण्टाको
बाटो सानोछाँङ्गे खोलाबाट पानी बोकेर खान बाध्य भएका थिए ।
पानीको समस्या थियो
तर समाधान कसरी, चुनौतिको विषय थियो । २०७९ को स्थानीय तहको निर्वाचन अन्तरगत नगरको
चुनावमा भोट माग्न आएका हालका नगरप्रमुख लगायतको टोली सँग खानेपानीको समस्या भएको
कुरा दर्साए । उहाँहरुको टिमले पानीको समस्या समाधान गर्ने बचनबद्धता गरेका थिए ।
चुनाव पश्चात वडा कार्यालयमार्फत खानेपानी निर्माणको लागि निवेदन पेश गर्नुभयो ।
निवेदन प्राप्त भएपछि नगरपालिकाले बजेटको सुनिश्चित्ताका लागि नेपाल रेडक्रस
सोसाईटी जिल्ला शाखा ओखलढुंगामा समन्वय ग¥यो । एक वर्षभित्रमा खानेपानीको धारा घर–घरमा पु¥याउन सफल भयो । २०८१
साल असोज महिनामा सम्झौता गरी गत असार मसान्तमा काम सम्पन्न भएको थियो । मंगलबार
नगरप्रमुख तेजेन्द्र खनालको प्रमुख आतिथ्यता र रेडक्रस सोसाइटीका सभापति नारायण
प्रसाद दाहाल सहितको उपस्थितिमा उद्घाटन गरिएको रेडक्रस सोसाइटीका कार्यक्रम
संयोजक खिलराज गुरागाँईले जानकारी दिनुभयो ।
यो ठाउँको खानेपानीको
समस्या समाधान गर्न नेपाल रेडक्रस सोसाइटी सँगको समन्वयमा सफल भएको नगर प्रमुख
तेजेन्द्र खनालले बताउनु भयो । उहाँले भन्नुभयो; ‘चुनावको बेलामा
खानेपानीको समस्या भएको गुनासो आएको थियो । हामीले खानेपानी जसरी पनि बनाईदिने
प्रतिबद्धत्ता गरेका थिर्याै । सोइअनुसार रेडक्रस सोसाइटी सँग समन्वय गरी
नगरपालिकाको बजेट र रेडक्रस सोसाइटीको बजेटबाट खानेपानीको धारा निर्माण गरी पानी
खुवाउन सफल भएका छौ ।’
७९ घरधुरीलाई एक घर
एक धारा निर्माण गरिएको छ । नेपाल रेडक्रस
सोसाइटीको २५ लाख ७९ हजार ६ सय ४०, नरपालिकाको ११ लाख ६९ हजार ६ सय ७४ र
उपभोक्ताको श्रमदान गरी कुल जम्मा रु ५२ लाख ४१ हजार ३ सय ३१ रुपैयाँ बराबरको
लागतमा काम सम्पन्न भएको रेडक्रस सोसाइटीका सभापति नरायण प्रसाद दाहालले जानकारी
दिनुभयो । शेर्पा समुदायको बाहुल्यता भएको सानो चित्रेमा अधिकांश पुरुष युवाहरु
बिदेश छन् । प्राय सबै कामहरु महिलाकै अग्रसरतामा हुनेगर्छ । सम्पन्न भएको
सानोचित्रे खानेपानी योजना पनि महिलाकै नेतृत्वमा सम्पन्न भएको हो । खानेपानी
निर्माण उपभोक्ता को ९ सदस्यीय समितिमा १
जना मात्र पुरुष सदस्य हुनुहुन्थ्यो, बाँकी
८ जना महिला हुनुहुन्थ्यो । उपभोक्ता समितिका ८ जना महिला, १ पुरुष अन्य २ जना
पुरुषलाई नेपाल रेडक्रस सोसाइटीले प्लम्बरको तालिम समेत दिएको थियो । खानेपानीको
योजना सम्पन्न गर्न महिलाहरुले नै अहम भूमिका निर्वाह गरेको उपभोक्ता समितिकी
अध्यक्ष मेदा शेर्पाले बताउनु भयो । घरमा पानीको धारा सँगै चौविसै घण्टा पानी आउने
भएपछि तरकारी खेति, मनग्य वस्तुबाख्रा पालन गर्ने बताएका छन् । अब हिजो पानी बोक्न खर्च
गर्नुपर्ने समय तरकारी खेति र वस्तुबाख्रा पालनमा खर्च गर्ने त्यहाका नागरिकले
बताएका छन् ।
त्यसैगरी सिद्धिचरण
नगरपालिका–३ जंगलेमा पनि ५१ घरधुरीमा एक घर एक धारा निर्माण सम्पन्न गरी उद्घाटन
गरिएको छ । नेपाल रेडक्रस सोसाइटीको २१ लाख ७७ हजार ८ सय ९३ रुपैया, नगरपालिकाको ७ लाख ५५
हजार १ सय ६ रुपैया र उपभोक्ताको श्रमदान गरी कुल जम्मा ३९ लाख ५५ हजार २ सय ५२
रुपैयामा सम्पन्न भएको सभापति दाहालले जानकारी दिनुभयो ।