गठबन्धनका उम्मेदवारलाई फुलसोलीद्वारा स्वागत


ओखलढुंगा, कार्तिक २५ । जिल्लाको पलापुमा गठबन्धनका उम्मेदवारलाई फुलसोलीले स्वागत गरिएको छ । कार्तिक २५ गते शुक्रबार भएको आमसभालाई सम्बोधन गर्न उपस्थित भएका गठबन्धनका उम्मेदवारद्वय प्रतिनिधी सभा तर्फका रामहरि खतिवडा र प्रदेश (ख) तर्फका बाबुराम गौतमलाई  फुलसोलीद्वारा स्वागत गरिएको हो । साविक पलापु गाविस हाल चम्पादेवी गाउँपालिकाको वडा नं. १ र २ मा सबैभन्दा बढी मतदाता भएको ठाउँ हो । यहाँ नेपाली काँग्रेसले बलियो संगठन भएको दावी गरेको छ । साविक पलापु गाविस, हाल भएको दुईवटै वडामा लगातार काँग्रेसले जित्दै आएको छ । यहाँ मगर जातिको बढी बाहुल्यता भएको ठाँउ पनि हो । चम्पादेवी गाउँपालिकामा हालका कांग्रेस जिल्ला उपसभापति, पालीका प्रमुख नवराज केसीले लगतार दुइपटक जित हाँसिल गरेका थिए । संविधान सभा सदस्य एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य रामहरि खतिवडाको पहलमा राजधानी जोडने मोटरेबल पुल नवलपुरमा बनेका कारण र अन्य विकासमा सहयोग पाएकाले गठबन्धनलाई माया गरेको स्थानिय नागरिकको भनाई रहेको छ । चम्पादेवी गाउँपालिकामा भएको १० वटा वडा मध्य दुइवटा वडा नेकपा एमालेले (वडा नं.३,७) एउटा वडा माओबादीले (वडा नं.६) जितेको छ भने बाँकी ७ वटा वडा नेपाली कांग्रेसले जितेको छ । पालिका प्रमुख एवं नेपाली कांग्रेसका उपसभापति नवराज केसीले चम्पादेवीमा गठबन्धनको बहुमत आउने बताएका छन् । नजिकीदै आएको चुनावलाई मध्यनजर गर्दै गठबन्धनले आमसभा लगायत कार्यकर्ता भेटघाट र घरदैलो कार्यक्रमलाई तिब्र बनाएको छ ।

प्रतिक्रिया