सुनकोशीमा खसेको जिप भेटियो, मान्छे भेटिएनन्


 भदौ ९ । सिन्धुलीको गोलञ्जोर गाउँपालिका१ कुँडुलेबाट सुनकोशी नदीमा खसेको जिपलाई गोताखोरको टोलीले फेला पारेको छ । प्रहरीका अनुसार आइतबार  बिहान करिब  २ बजेतिर गाडि फेला पारिएको हो ।

 जिपमा सवार तीन जना भने अझै पनि बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्द काफ्लेले बताउनु भयो ।  खोटाङको हलेसीबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश ३०१०२३ च ६३६६ नम्बरको इसुजु गाडि शनिबार साँझ करिब साढे ५ बजेतिर सिन्धुलीको गोलञ्जोर गाउँपालिका१ कुँडुलेबाट सुनकोशी नदीमा खसेको थियो ।

गाडीमा सवार  भक्तपुर सूर्यविनायक नगरपालिका जगाती बस्ने ३२ वर्षीय अबिन बाके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा अझै  बेपत्ता छन् ।बेपत्ताहरुको खोजी कार्य जारी रहेको पहरीले जानकारी दिएको छ ।

गाडिबाट हामफालेर बाँचेका सुशान्त कक्षपति भने मध्यम खालको घाइते हुनुभएको छ । उहाँलाई उपचारका लागि खुर्कोट पठाइएको छ ।

जिप खसेको जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन बेस क्याम्प खुर्कोटबाट गोताखोरसहितको टोली खोजी कार्यमा खटिएको थियो ।

प्रतिक्रिया