बैशाख १० । शिक्षक महासंघको दबाबपछि राष्ट्रिय
परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सारेको छ । आगामी बिहीबारबाट हुने भनिएको
परीक्षा वैशाख २१ गतेबाट हुने बोर्डका
अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिनुभयो । मंगलबार बिहान बसेको बोर्ड बैठकले
कर्मचारी परिचालन गरेर तोकिएकै दिन परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो ।
उक्त निर्णयको चौतर्फी आलोचना भएपछि शिक्षक महासंघले परीक्षा बहिष्कारको निर्णय
लिएको थियो ।
बोर्डका अध्यक्ष शर्मासहितको टोली मंगलबार साँझ प्रधानमन्त्री केपी ओलीसँग छलफल गर्न बालुवाटार गएको थियो । छलफलमा प्रधानमन्त्रीले केही दिन परीक्षा सार्न निर्देशन दिनुभएको छ । परीक्ष बैशाख २१ गते विहान ८ बजेबाट सन्चालन गर्ने राष्ट्रिय परीक्षा बोर्डले निर्णय गरेको छ ।
१० बैशाख २०८२, बुधबार ०७:४५ मा प्रकाशित
395