झगनखबर
माघ १८ । नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेल र खाना पकाउने ग्याँसको मूल्य बढाएको छ । निगम सञ्चालक
समितिको बुधबार बेलुका बसेको बैठकले मूल्य बढाउने निर्णय गरेको हो । इन्डियन आयल
कर्पाेरेशनबाट प्राप्त भएको नयाँ खरिद मूल्यअनुसार मूल्य बृद्धि गरिएको आयल निगमले
जनाएको छ । डिजेल र पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँले र मट्टितेलमा प्रतिलिटर २
रुपैयाँले मूल्य बढेको छ । खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर १५ रुपैयाँले मूल्य
बढेको नेपाल आयल निगमले जनाएको छ ।
१८ माघ २०८०, बिहिबार ०४:५१ मा प्रकाशित
339