झगनखबर
मंसिर २० । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि.जिल्ला शाखा ओखलढुंगाले अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ । शाखामा आबद्ध रही बीमा क्षेत्रमा काम गरिरहेका अभिकर्ताहरुलाई उत्प्रेरणा कार्यक्रम गरिएको हो । बिमा व्यावसायलाई थप विस्तार गर्न अभिकर्ता उत्प्रेरणा कार्यक्रम गरिएको कार्यालयले जानकारी दिएको छ । कम्पनीका बरिष्ठ प्रबन्धक कल्याणराज हलुवाई र परिपालना अधिकृत रोसन निधी तिवारीको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै बरिष्ठ प्रबन्धक हलुवाईले नागरिकलाई किन बीमामा जोड्ने र कम्पनीले बिक्री गरिरहेका बीमा पोलीसीहरुको बारेमा प्रष्ट पार्नुभएको थियो । कम्पनीले नागरिक (बीमित) हरुलाई विश्वास दिलाउन सफल भएकाले स्थापनाको छोटो अवधीमै बीमा क्षेत्रमा फड्को मार्न सफल भएको बताउनु भयो । साथै उहाँले कतिपयले बीमालाई गलत तरिकाले प्रयोग गरेकाले बीमा क्षेत्र नै बद्नाम हुने गरेको पनि बताउनु भयो । रिलायबल नेपाल लाइफले भने जहिले पनि नागरिकको पक्षमा काम गरेको सतप्रतिसत दाबी भुक्तानी गरेको दाबी गर्नुभयो ।
त्यसै गरी परिपालना अधिकृत रोसन निधी
तिवारीले रिलायबल लाइफ इन्स्यारेन्सका पोलीसीहरु सबै भन्दा सस्तो र सुविधा बढी भएको
पनि बताउनु भयो । उहाँले अरु कम्पनीको भन्दा धेरै सुविधा दिईरहेको पनि बताउनु भयो
। कम आम्दानी हुने नागरिक र धेरै आम्दानी हुने नागकिलाई मध्यनजर गरेर पोलीसी
बनाइएको पनि बताउनु भयो ।
बीमाले नागरिकलाई ठुला रोगका कारण
अशक्त अपाङग हुँदा आर्थीक लाभ हुने र अविभावकको मृत्यु पश्चात पनि परिवारलाई
आर्थीक सुरक्षा हुने भएकाले सबैले बीमा गर्नु पर्ने जोड दिएका थिए । आफु सँग भएको
सानो सानो रकम जम्मा गरेर अप्ठ्यारो परेका बेलामा बीमाले आर्थीक सुरक्षा दिने
हुँदा सबै नागरिकलाई बीमामा जोडिन पनि आग्रह गर्नुभएको छ । कार्यक्रम सन्चालन
एमडीआरटी राजकुमार कार्कीले गर्नुभएको थियो । बीमा गर्नु भनेको आर्थीक बचत
गर्नु मात्र नभई आफ्नो र आफ्नो परिवारको जोखिम अरुलाई हस्तान्तरण गर्ने हो ।
त्यसैले सबै नागरिकले आफुले सकेको बीमा गर्दा आर्थीक बचत पनि हुने र जोखिम पनि
अरुलाई हस्तान्तरण हुने बताएका छन् ।