झगनखबर
कार्तिक २० । सामाजिक सन्जालको
दूरुपयोग रोक्नका लागी गृह मन्त्रालयमा छलफल भएको छ । सामाजिक सन्जाल मार्फत हुने
गैरकानुनी सामग्रीहरु प्रकाशन प्रसारण गर्न
रोक लगाउनको लागी गृह मन्त्रलयमा सरोकारवाला निकाय सँग छलफल भएको हो ।
कार्तिक १७ गते गृह मन्त्रालय, सन्चार
तथा सुचना प्रविधि मन्त्रालय, सुरक्षा
निकाय, सरकारी निकाय एवं टिकटकका
अन्तराष्ट्रिय प्रतिनिधीहरु सँग छलफल भएको बताएका छन् ।
सामाजिक सन्जालमार्फत गैरकानूनी सामग्री प्रकासशन प्रसारण गरेमा स्वतः हट्ने, ब्यवस्था मिलाउन र दोषीउपर कानूनी कारबाही गर्न पहल गर्ने बैठकले निर्णय गरेको छ । कार्तिक १९ गते गृह मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ, "जिम्मेवार नागरिकको रुपमा कानून सम्मत शिक्षामूलक र सामाजिक सद्भाव नविगार्ने सामग्री मात्र प्रकाशन प्रसारण गरी असल नागरिकको भूमिका निर्वाह गर्न र गैरकानूनी कार्य गरेवापत हुने कानूनी कारवाहीबाट बच्न सम्बन्धित सबैमा अनुरोध गरिन्छ ।"
