ओखलढुंगा १३, फागुन । फागुन २५ मा
हुने राष्ट्रपतिको निर्वाचनमा एकीकृत समाजबादी पार्टीका अध्यक्ष
पुर्वप्रधानमन्त्रि माधव कुमार नेपालको प्रस्तावमा नेपाली कांग्रेसका बरिष्ठ नेता
रामचन्द्र पौडेलको उम्मेदवारी दर्ता भएको छ ।
पौडेलले शनिबार संसद भवन नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा
पुगेर मनोनयन दर्ता गराएका हुन् । राष्ट्रपति पदमा मनोनयन दर्ता गराएका पौडेलको प्रस्तावकमा नेपाली कांग्रेस पार्टी
सभापति शेरबहादुर देउवा, माधव कुमार नेपाल, नारायणकाजी श्रेष्ठ, अशोक कुमार
राई र अब्दुल खान रहेका छन् । यस्तै समर्थकमा महन्थ ठाकुर, पूर्णबहादुर
खड्का, रञ्जिता श्रेष्ठ,हितराज पाण्डे र चित्रबहादुर केसी रहेका छन् ।
पौडेललाई माओवादी केन्द्र, जसपा, नेकपा एस, नागरिक
उन्मुक्ति पार्टी, लोसपा, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन्।