६८ औँ प्रहरी दिवस विविध कार्यक्रमका विच सम्पन्न


झगनखबर

असोज ३० । जिल्ला प्रहरी कार्यालय ओखलढुगाले ६८ औँ प्रहरी दिवस विविध कार्यक्रम गरी मनाएको छ । प्रहरी कार्यालयको प्राङगणमा कार्यक्रमको आयोजना गरी सम्पन्न गरिएको हो । प्रमुख जिल्ला अधिकारी चेतराज बरालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको थियो । विभिन्न मितिमा भएका खेल प्रतियोगिता र अन्तर विद्यालय स्तरिय निबन्ध प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय स्थान हाँसिल गर्न सफल प्रतियोगीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

भलिबल तर्फ प्रथम हुने टिम :

१. प्र.ज. संजिव नेवार

२. प्र.ज. युवराज राउत

३.प्र.ज. राजाराम राई

४. प्र.ज. तेज बहादुर कार्की

५.प्र.ज.  डिल्ली कार्की

६.प्र.ज.  निरोज खड्का

७. प्र.ज. पुष्पलाल खत्री

५ किलोमिटर दौड तर्फ :

१. प्रथम : दिपक राउत

२. द्धितिय : वर्णवास राई

३. तृतिय : निरोज खड्का

महिला तर्फ  गंगा भुजेल प्रथम हुन सफल हुनु भएको थियो ।

समुदायमा नेपाल प्रहरीको भूमिका विषयक अन्तरविद्यालय निबन्ध प्रतियोगितामा :

१. प्रथम :  लाली गुराँस इङ्लिस सेकेन्डरी स्कुलकी छात्रा एलिसा थापा

२. द्धितिय : सगरमाथा जनता माध्यमिक विद्यालयकी छात्रा कृतिका मगर र

३. तृतिय : कुन्ता माध्यमिक विद्यालय ज्यामीरेकी छात्रा भावना खड्का

पुरस्कार वितरण पश्चात विद्यार्थी सँग सामुहिक फोटो :


ब्याडमिन्टन प्रतियोगिता तर्फ :

प्रथम : प्रहरी नायब उपरीक्षक दिपक बहादुर के.सी र प्रहरी वरिष्ठ नायब निरीक्षक श्रवण कुमार चौधरी

पुरस्कार लिदै प्रहरी नायब उपरीक्षक दिपक बहादुर के.सी, पुरस्कार वितरण गर्दै प्रमुख जिल्ला अधिकारी चेतराज बराल 


द्धितिय : प्रहरी सहायक निरीक्षक श्यामकृष्ण राई र प्रहरी जवान संजय राई

तृतिय : प्रहरी सहायक हवल्दार सविन राई, प्रहरी जवान दिनेश बस्नेत, प्रहरी सहायक हवल्दार झकन्द्र मगर र प्रहरी जवान दिलकुमार राई रहेका छन् । त्यसै गरी जिल्ला प्रहरी कार्यालय मातहतका ईकाईहरुमा कार्यरत उत्कृष्ट कार्य सम्पादन गरेका १० जनालाई सम्मान तथा पुरस्कृत गरीएको थियो । जिल्ला प्रहरीको कार्य सम्पादनमा सहयोग पुर्याएको भन्दै जिल्लाका ४ वटा रेडियोहरुलाई कदर पत्र समेत वितरण गरिएको थियो भने उद्योग बाणिज्य संघ ओखलढुंगा लाई पनि कदर पत्र वितरण गरिएको थियो ।

विभिन्न समयमा हराएका नागरिकका ६ वटा मोबाईल फोन जिल्ला प्रहरी कार्यालयले फेला पारी आजै मोबाईल धनीलाई जिम्मा लगाएका थिए ।

फेला पारेको मोबाइल सेट वितरण गर्दै प्रहरी नायब उपरीक्षक दिपक बहादुर के.सी :


प्रतिक्रिया