यो साता मेष
राशिलाई आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । दैनिक व्यवहारमा खर्च
बढ्न सक्छ । निर्णायक क्षमतामा कमी आउनेछ । साताको मध्यबाट शुभ समाचार सुन्न
पाइएला । प्राविधिक क्षेत्रमा विशेष रुचि बढ्नेछ । पुनर्मिलनको योग पनि रहेको छ ।
यो साताका लागि शुभ अङ्क १,८ र शुभ रङ्ग रातो हो । कुनै शुभकर्म गर्नु
पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा शुभ फल
मिल्नेछ ।
वृष : इ,
उ,
ए,
ओ,
वा,
वि,
वु,
वे,
वो
यो साता शुभ कार्य र सांस्कृतिक
गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । प्रिय
व्यक्तिसँग भेटघाट हुनेछ । क्रियाकलापमा सहभागी हुन पाइनेछ । प्रेमसम्बन्ध र
प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । मध्य सातामा बेसुरमा वचन दिने बानीले
अप्ठ्यारो पार्न सक्छ । यो साताका लागि शुभ अङ्क १,४ र शुभ रङ्ग सेतो हो । शुभकर्म
गर्नु पूर्व दुर्गाजीको स्मरण गरि कार्य आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।
यो साता आतिथ्यपूर्ण सम्मान
पाइएला । नयाँ कामको थालनी हुनेछ । अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ ।
शुभ कार्य र सांस्कृतिक गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ । मध्य सातामा आफ्नो
अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । यो साताका लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग पर्पल वा आकाशे
नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको
कार्यबाट अधिक सफलता मिल्नेछ ।
यो साता रोकिएका अधुरा कार्य पुन: प्रारम्भ
गर्न सकिएला । क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ । प्रेम र
मित्रताको बन्धन कसिने बेला छ । शैक्षिक क्षेत्र र प्राविधिक काम पनि सहजै सम्पन्न
हुनेछ । साताको अन्त्यमा दौडधुप गर्नु परे पनि लाभ हुनेछैन । यो साताका लागि शुभ
अङ्क २,७ र शुभ रङ्ग पहेँलो
वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको स्मरण गरि कार्य आरम्भ गर्दा शुभ
फल मिल्नेछ ।
यो हप्ता सोचेभन्दा धेरै मेहनत गरेर
थोरैमात्रै सफलता प्राप्त गर्न सकिएला । महत्त्वपूर्ण अवसर गुम्न सक्छ, तर मध्य साताबाट
शुभकार्यको चर्चा चल्नेछ । मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ ।
नयाँ वस्त्र र अलंकार आदिको प्राप्ति पनि हुनेछ । यो साता यो साताका लागि शुभ अङ्क
४,७ र शुभ रङ्ग कलेजी
वा घ्यू रङ्ग हो । कुनै शुभकर्म गर्नु अघि लक्ष्मीजीको दर्शन गरि कार्य गर्नाले
अधिक सफलता मिल्नेछ ।
कन्या राशिलाई यो साता धर्मकर्म
तथा समाज सेवामा मन लाग्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । एकपछि अर्को अवसर
आउनाले मन प्रसन्न रहनेछ । वैदेशिक क्षेत्रमा गरिएका कार्यले अन्ततः फाइदा नै पुर्याउनेछ
। कलकारखाना र बन्दव्यापारमा पनि फाइदा हुनेछ । यो साताका लागि शुभ अङ्क ६,७ र शुभ रङ्ग सेतो वा नीलो हो ।
कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक लाभ
मिल्नेछ ।
यो साता शुभ कार्यमा सरिक हुन सकिनेछ ।
प्रेमी र प्रेमिकाबाट विशेष सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।
ढिलै भए पनि काम सम्पन्न हुनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । साताको
अन्त्यमा अनावश्यक र दिक्कलाग्दो यात्रा हुनसक्छ । यो साताका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग रातो
हो । कुनै शुभकर्म गर्नु अघि आफ्नो गणेशजीको स्मरण गरि यात्रा गर्नाले अधिक सफलता
मिल्नेछ ।
यो साता वृश्चिक राशि हुनेहरूका
लागि प्रेम जीवन सफल हुनेछ । आँटेको र ताकेको कार्य पूरा होला । राजनैतिक र
सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । एकपछि अर्को अवसर आउनाले
मन प्रसन्न रहनेछ अत: भाग्यले विभिन्न अवसर जुराउनेछ । यो साताका लागि शुभ अङ्क १,५ र शुभ रङ्ग रातो वा पहेँलो हो
। शुभकर्म गर्नु पूर्व आफ्नो कुलदेवताको स्मरण गरि कार्य आरम्भ गर्दा शुभ फल
प्राप्त हुनेछ ।
यो साता धनु राशिका व्यक्तिलाई
कामहरू अधुरै रहलान् । मित्रहरूले दिएको वचन फेरिन सक्छ । लगानी डुब्ने भय छ अतः
सचेत रहनु होला । बुधवारबाट प्रेममा सम्बन्धमा मधुरता छाउनेछ । नोकरी र सामाजिक
क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ । धार्मिक यात्राको योग पनि छ । यो साताका
लागि शुभ अङ्क ३,७ र शुभ
रङ्ग हरियो वा सेतो हो । शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गरि कार्य प्रारम्भ
गर्दा अधिक लाभ मिल्नेछ ।
यो साता आर्थिक वृद्धिका साथै शेयर बजारमा
विशेष अभिरुचि रहनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । कुनै कुराले मनमा शान्ति
छाउनेछ । वैदेशिक लगानी या कुनै नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ ।
परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । यो साताका लागि शुभ
अङ्क ५,९ र शुभ रङ्ग खैरो
वा पहेँलो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरि कार्य गर्नाले सफलता
मिल्नेछ ।
यो साता शुभकार्यको योग रहेको छ
। भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्न सक्छ । दूरदराजमा रहेका आफन्तजनसँग
सम्बन्ध कायम हुनेछ । मध्य साताबाट लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न
नसकिएला । सपना पनि प्रतिकूल देखिन सक्छ । यो साताका लागि शुभ अङ्क १,६ र शुभ रङ्ग सुन्तला हो । कुनै
शुभकर्म गर्नु पूर्व शङ्करजीको स्मरण गरि कार्य आरम्भ कार्य गर्दा अधिक सफलता
मिल्नेछ ।
यो साता नयाँ जिम्मेवारी पाइएला । क्षमता
प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ । मित्र जनबाट साथ सहयोग मिल्ने
देखिन्छ । व्यवसायका लागि यात्राको सम्भावना छ । धार्मिक तथा सांस्कृतिक
सभासमारोहमा सरिक हुने अवसर मिल्नेछ । पुनर्मिलनको योग पनि रहेको छ । यो साताका
लागि शुभ अङ्क ४,६ र शुभ रङ्ग हरियो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व
नवग्रहको स्मरण गरि कार्य आरम्भ गर्दा लाभ मिल्नेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको यो साता शुभ रहोस् ।
- ज्यो.प.
नारायणप्रसाद दुलाल