विद्यालय तुरुन्त सन्चालन गर्न मोलुङ गाउँपालिकाको निर्देशन


राजकुमार कार्की

बैशाख ११ । देशैभरीका शिक्षकहरु काठमाण्डौ केन्द्रीत आन्दोलनमा रहेका बेला मोलुङ गाउँपालिकाले तत्काल विद्यालय सन्चालन गर्न निर्देशन गरेको छ । शिक्षा ऐन निर्माण लगायतका विभिन्न माग सहित देशैभरीका शिक्षक विद्यालय बन्द गरी काठमाण्डौ केन्द्रीत आन्दोलनमा रहेका छन् । गाउँपालिकाका अध्यक्ष उत्तम राईले हस्ताक्षर गरेको विज्ञप्तिमा, ‘लामो समय विद्यालय बन्द भएको र बालबालिकाको शिक्षा प्राप्त गर्ने नैसर्गिक हक कुण्ठित हुन नदिन बैशाख १२ गते देखि विद्यालय सुचारु गरेर नियमित पठनपाठनको सम्पूर्ण प्रबन्ध मिलाई गाउँपालिकाको शैक्षिक कार्यपात्रो पूर्णरुपमा कार्यान्वय गर्न निर्देशन गरिन्छ । भनिएको छ ।

गाउँपालिका अन्तर्गतका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुको पठनपाठनलाई प्रारम्भ गर्ने, अविभावक तथा विद्यालय व्यवस्थापन समितिको चासोलाई ध्यानमा राख्दै बैशाख ७ गते गाउँकार्यपालिकाको बैठक बसी निर्णय गरिएको गाउँपालिकाले जानकारी दिएको छ । उक्त बैठकमा सामुदायिक विद्यालयको साझा कार्यपात्रोको पूर्ण कार्यान्वयन गरी नियमित पठन पाठन गर्ने गराउने निर्णय भएको जानकारी दिएका छन् ।

बैशाख ११ गतेको मितिमा विज्ञप्ति मार्फत यथाशिघ्र विद्यालय सन्चालन गरी पठनपाठन सुचारु गर्न निर्देशन दिइएको छ ।


प्रतिक्रिया