झगनखबर
साउन २ । ओखलढुंगा जिल्ला मोलुङ्ग गाउँपालिका
वडा नं २ मा रहेको पैह्रे खोलाले वर्षेनी नागरिकलाई सास्ती दिईरहेको छ । सडक
सन्चालन भएको १५ वर्षभन्दा बढी भएपनि अहिले सम्म पनि पैह्रेमा मोटरेबल पुल बन्न
नसक्दा नागरिकहरु समस्या भोग्न बाध्य भएका हुन् । अघिल्लो आर्थीक वर्षमा पुल
निर्माणका लागी प्रदेश सरकारबाट बहुवर्षे योजना स्विकृत भएको थियो । आर्थीक र
प्राविधिक प्रस्ताव पास भई टेन्डरको सुचना समेत जारी भएको थियो । २०८० साल बैशाख
१३ गते टेन्डरको सुचना निकालिएको थियो । जेठ १२ गते प्राविधिक प्रस्ताव खोलिएको
थियो भने ४ वटा फर्मले प्रस्ताव पेश गरिसकेका थिए । प्रस्तावको मूल्याँकन भई
आर्थीक प्रस्ताव खोल्ने सुचना जेठ २९ गते जारी भएको पुर्वाधार विकास कार्यालय
ओखलढुंगाका सुरेश मन्डलले जानकारी दिनुभयो ।
जिल्ला पुर्वाधार कार्यालय ओखलढुंगाले सुचना
जारी गरी निर्माण कम्पनीहरु सँग प्रस्ताव समेत लिईसकेको थियो । निर्माण कम्पनीबाट
प्रस्ताव लिईरहेकै बेलामा प्रदेश सरकारले बजेट कटाउने निर्णय गरेपछि पैह्रे खोला
पुल निर्माण अलपत्र परेको छ । करिब पौने ३ करोड लागतमा निर्माण सम्पन्न हुने गरी
टेन्डर आव्हान गरिएको र प्रदेश सरकारले बजेट नपठाउने निर्णय गरेपछि पुन निर्माण
कार्य अनिश्चि भएको पुर्वाधार विकास कार्यालयले जनाएको छ । आर्थीक वर्ष ८०÷८१ को लागी पनि बजेट
छुट्टयाएको छैन ।
पैह्रे खोलामा
पुलनिर्माण सम्पन्न गराईछाड्ने अड्डी कसेर लागेका माननियहरु प्रदेश सरकारले बजेट
कटाएपछि जिल परेका छन् । चुनाव जिते लगतै
तिनै जना माननिय, प्रतिनिधी सभा सदस्य रामहरि खतिवडा, प्रदेश सभा सदस्यद्वय प्रदेश (क) प्रदिप
कुमार सुनुवार, प्रदेश (ख) बाबुराम गौतम पैह्रे खोलामा पुगी पुल निर्माण गरिछाड्ने बताएका
थिए । फलस्वरुप पुल निर्माणका लागी बहुवर्षीय योजना स्वीकृत भई पुल निर्माणका लागी
प्रस्ताव आव्हान समेत भएको थियो । पुल निर्माणका लागी प्रस्ताव माग गरेर बजेट कटाउनुले प्रदेश
सरकारले पन्चायती शैली अवलम्बन गरेको माननियहरुले आरोप लगाएका छन् । हिकमत
कार्कीको सरकारले राजनितिक प्रतिशोध साँधेर बजेट कटाएको पनि बताएका छन् । प्रदेशसभा सदस्य प्रदिपकुमार सुनुवार प्रदेश
सरकार मन्त्रि तथा सरकारको प्रवक्ता तोकीसक्नु भएको छ भने मन्त्रालय तोकिएको छैन ।
प्रदेशसभा सदस्य बाबुराम गौतम सभामुख बनीसक्नु भएको छ ।
वर्षाको समयमा ढुंगा, मूढा र माटोको लेदो
आईरहने उक्त खोलामा नागरिकहरु समस्यामा परिरहेका छन् । जिल्लाको पश्चिम भेग
खिजीदेम्बा, लिखु, चम्पादेवी, सुनकोशी र मोलुङ्ग गाउँपालकाका नागरिकहरुले सदरमुकाम आउन जान यहि सडक
प्रयोग गर्नु पर्ने हुन्छ । मोलुङ्ग गाउँपालिकाबाट प्रत्येक दिन काठमाण्डौका लागी
विहान बस छुट्ने गरेको छ भने अन्य साना गाडीहरु पनि प्राय दिनभरी नै सन्चालन
भईरहेका हुन्छन् । प्रदेश राजधानी विराटनगर लगायत तराईका अन्य जिल्लाहरुका लागि
पनि सवारीका साधनहरु यहि सडक भएर सन्चालन भईरहेका हुन्छन् ।
वर्षाको समया पानी
पर्ने बितिक्कै लेदो बगेर आउने हुँदा यातायातका साधन र मानिसहरु हिडेर पनि पार
गर्न सक्ने अवस्था रहदैन । माटोको लेदो आएको बेला खोला यता र उता करिब २० मिटर
भन्दा बढी सडक नै लेदोले ढाकेको हुन्छ । उक्त लेदोबाट सावारीका साधन मात्रै हैन
मानिस हिँडेर पनि पार गर्न सक्दैनन् । मान्छेको घुँडा सम्म आउने गरी जमेको लेदोमा
हिड्न नसकिने र बाढीले बगाउने डर हुने स्थानियले गुनासो गरेका छन् । खोलावारी पारी घर भएका नागरिकहरु पनि आफ्नो
खेतबारीमा आउन जान सक्ने अवस्था रहदैन । पानी प¥यो भने सकेसम्म छिटो
घर फर्कनु पर्ने बाध्यता छ, यदि लेदो आईहाल्यो भने घर जानसक्ने अवस्था नहुने स्थानियबासीको गुनासो
रहेको छ ।
लेदो र ढुंगालाई गाडीका प्यासेन्जरहरुले नै
पन्छाउदै गाडी तार्ने गरिरहेका छन् । मंगलबार राती परेको पानीले ठुलो क्षति गरेपछि
यात्रु अपलपत्र परेको थिए । विहान ५ बजे देखि गाडी तार्न नसकेर बाटोमै लामबद्ध भएर
बसेका गाडीहरुलाई सिद्धिचरण नगरपालिका बाट डोजर पठाई ११ बजे तिरमात्रै गाडी पार
गराएका थिए । प्रत्येक वर्ष यसरी नै पैह्रे खोलाले यात्रीहरुलाई दुःख दिइरहने
हुनाले तोकेको समयमा विरामीलाई अस्पताल पु¥याउन समेत नसकिएको
यात्रीहरुले गुनासो गरेका छन् ।