बाजुरामा फराकिलो मतान्तरमा बद्री पाण्डेको अग्रता


१७ मङ्सिर, बाजुरा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका बद्री पाण्डेले फराकिलो मतान्तर सहित अग्रता लिइरहेका छन् । उनले १८ हजार ३३१ मत प्राप्त गरेका छन् । उनका निकट्तम प्रनिद्वन्दी नेकपा एमालेका कर्ण बहादुर थापाले १४ हजार २१० मत प्राप्त गरेका छन् । कांग्रेसका पाण्डे एमालेका थापा भन्दा ४ हजार १२१ मतले अगाडी छन् ।  बुधबार बेलुकी ६:३० बजेबाट सुरु भएको मतगणना अहिले पनि जारी छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार, प्रदेशसभा १ मा एकीकृत समाजवादीका उम्मेदवार नरेश कुमार शाहीले नौ हजार तीन सय ३० मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमाले उम्मेदवार बलदेव रेग्मीले आठ हजार १ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका कर्णबहादुर विकले एक हजार ३० मत पाएका छन् ।

प्रतिक्रिया