झगनखबर
चैत ३० । ओखलढुंगा
जिल्लाको खिजीदेम्बा गाउँपालिका वडा नं ४ मा चटयाङ लागेर एकजनाको मृत्यु भएको छ ।
वडा नं ४ स्थित लोसाका ३८ वर्षिय बमन बहादुर तामाङको चटयाङ लागेर मृत्यु भएको हो ।
बिहिबार बेलुका करिब ७ः३० बजेको समयमा घरमा बसिरहेको अवस्थामा चटयाङ लागेको बताएका
छन् । बिहिबार बेलुका हावाहुरी र वर्षा सँगै आएको
चटयाङले घरमै बसेका तामङको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । आवश्यक
कानुनी प्रकृया र थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय खिजीफलाटेबाट प्रहरी
निरिक्षकको टोली शुक्रबार विहान घट्नास्थल तर्फ गएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी एवं
प्रहरी निरिक्षक बलिस्टार सिँहले जानकारी दिनुभयो ।
३० चैत २०८०, शुक्रबार ०७:२० मा प्रकाशित
670