नयाँ शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरु आन्दोलीत


चैत २१ । नयाँ शिक्षा ऐन जारी गर्न माग गर्दै नेपाल शिक्षक महासंघको आयोजनामा शिक्षकहरु आन्दोलीत भएका छन् । चैत २० गतेदेखि काठमाण्डौको माइतीघर मण्डलामा सामुदायिक विद्यालयका शिक्षकहरु काठमाण्डौ केन्द्रीत आन्दोलीत भएका हुन ।  नेपालमा २०२८ सालको शिक्षा ऐन अन्तरगत नै शैक्षिक गतिविधीहरु सन्चालन हुँदै आएका छन् । २०२८ सालको शिक्षा ऐन खारेज गरि नयाँ शिक्षा ऐन २०८१ जारी गर्न माग गर्दै आन्दोलन गरिएको शिक्षक नेता गोकर्ण बाँनीयाले जानकारी दिनुभयो ।

शिक्षक महासंघको अगुवाईमा देशैभरका सामुदायिक विद्यलयका शिक्षकहरुको काठमाण्डौ केन्द्रीत अनिश्तिकालीन आन्दोलन सुरु गरेका हुन । शिक्षा ऐन संसदको कोर्टमा पुगेको छ, ऐनलाई समयमै जारी गर्न संसदहरुलाई दवाब दिन आन्दोलन गरिएको आन्दोलनमा सहभागी शिक्षकरुले बताएका छन् । शिक्षा ऐन जारी नभएसम्म अनिश्चितकालीन  काठमाण्डौ केन्द्रीत शान्तिपूर्ण आन्दोलन जारी राख्ने जानकारी दिएका छन् । यसअघि पनि शिक्षकहरुले २४ फागुनमा माइतीघर क्षेत्रमा जुलुस र धर्ना गरेका थिए ।


प्रतिक्रिया