यो हप्तामा
नयाँ नयाँ व्यक्तिसँग भेटघाट हुने समय छ । शेयर बजारको लगानी पनि पछि फाइदा हुनेछ
। लाभदायक र सुखद् यात्रा हुने योग पनि छ । मध्य सातामा केही महत्त्वपूर्ण कार्यमा
व्यवधान भने आउन सक्छ । स्वास्थ्य प्रति पनि सजग रहनु पर्नेछ । यो साताका लागि शुभ
अङ्क ४,५ र शुभ रङ्ग सेतो वा हरियो हो । कुनै
शुभकर्म गर्नु पूर्व आफ्नो अविभावकको सल्लाह लिएर कार्य गर्नाले अधिक सफलता हात
पर्नेछ ।
वृष : इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
यो साता । आफन्त वा बन्धु बान्धवबाट विशेष
सहयोग मिल्नेछ । कसैलाई सन्तान लाभ हुनसक्छ । सामाजिक र राजनैतिक कार्यमा सफलता
मिल्नेछ । दिगो फाइदा हुने नयाँ काम प्रारम्भ गर्न पनि सकिनेछ । यो साताका लागि
शुभ अङ्क ३,४,र शुभ रङ्ग रातो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा
यात्रामा जानु अघि शङ्करजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।
यो साता धर्मकर्म तथा समाजसेवामा मन
लाग्नेछ । प्रेम जीवन सफल र सुखद् रहने देखिन्छ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू
सम्पन्न हुनेछन् । रमणीय र सुखद् यात्राको योग छन् । मध्य सातामा स्वास्थ्यको भने
विशेष ख्याल राख्नुपर्नेछ । यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग सेतो
वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व बगलामुखीको दर्शन गरि कार्य आरम्भ गर्दा
अत्यन्त लाभ हुनेछ ।
यो साता लाभ, हानी, आय, व्यय, सुख, दुख बराबरी खालको दिन रहनेछन् ।
मङ्गल र शुभकार्यको चर्चा चल्नेछ । धैर्य गरि मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ ।
साताको मध्यमा जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान
आउने देखिन्छ । यो साताका लागि शुभ अङ्क २,७ र शुभ रङ्ग गाढा खैरो वा
हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व पितृ देवताको स्मरण कार्य गर्दा अधिक लाभ
मिल्नेछ ।
यो साता दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । धार्मिक
तथा समाजसेवामा मन लाग्नेछ । शुभकार्यको चर्चा चल्नेछ । नयाँ काम वा रोजगार पाइनेछ
। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । आर्थिक तथा सेयर कारोबारमा पनि राम्रै लाभ
हुनेछ । यो साताका लागि शुभ अङ्क १,६ र शुभ रङ्ग गुलाबी वा निलो हो । कुनै
शुभकर्म गर्नु पूर्व भैरवजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
यो साता ठीक समयमा सही निर्णय लिन सकिनेछ ।
दाजुभाइ तथा साझेदारहरू सँग मिलेर गरिने पेशा व्यवसायबाट भनेजस्तो रुपैयाँ पैसा
कमाउन सकिनेछ । पढाई लेखाइमा उत्कृष्ट नतिजा ल्याउन सकिने तथा न्यायिक निर्णयहरू
तपाईँकै पक्षमा हुनेछन् । यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग घिउ
रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको दर्शन गरि यात्रा गर्दा अधिक सफलता
मिल्नेछ ।
यो साता जनताको साथ तथा समर्थन
पाइने हुनाले सार्वजनिक पद पाउने योग रहेको छ । पार्टी तथा सेमिनारमा सहभागी भइएला
। प्यारो साथी सँग भने मन खिन्न रहनेछ, त्यसैले प्रेमीको विचारलाई कदर
गर्नु उचित हुनेछ । यो साताका लागि शुभ अङ्क २,३ र शुभ रङ्ग घिउ रङ्ग वा हरियो
हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भगवतीको दर्शन गरि कार्य
आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो हप्ता अपजस आइलाग्न सक्छ भने विपक्षीको
छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । लेनदेनमा दुबिधा उत्पन्न हुनेछ । मध्य
साताबाट बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । दैनिक
कार्यमा प्रगति हुनेछ । धार्मिक यात्राको योग पनि छ । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग पहेँलो
हो । कुनै शुभकर्म गर्नु पूर्व पितृ देवताको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक
सफलता मिल्नेछ ।
यो साता पारिवारिक जमघट तथा सामूहिक
कार्यमा सहभागि भइनेछ । बौद्धिकताको विकास हुनेछ । दाम, इनाम र प्रतिष्ठा
कमाउने बेला छ । शेयर बजारको लगानीबाट भने राम्रै लाभ हुनेछ । साताको अन्त्यमा
अनावश्यक यात्रा हुनेछ । गरेका कार्यमा ढिलासुस्ती हुने देखिन्छ । यो साताका लागि
शुभ अङ्क १,७ र शुभ रङ्ग गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको
दर्शन गर्नाले सफलता हात पर्नेछ ।
यो हप्ता आँटेको र ताकेको कार्य पुरा हुनेछ
। नयाँ कार्यको थालनी होला । अभिभावकको सुझावले उचाइमा पुर्याउन सहयोग गर्नेछ ।
चलाखीपूर्ण बोलीले काम बन्नसक्छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।
धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । यो साताका लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग कालो
वा हरियो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको स्मरण गरि यात्रा गर्नाले सफलता
मिल्नेछ ।
यो साता आफन्त वा इष्टमित्र सँग
पुनर्मिलनको योग रहेको छ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । नयाँनयाँ ज्ञान
सिक्ने मौका पनि मिल्नेछ । विहिवारबाट बोलीको विपरीत अर्थ लाग्न सक्छ । नयाँ योजना
कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग खैरो
वा आकाशे हो । कुनै शुभकर्म गर्नुपूर्व विष्णु भगवानको स्मरण गरि कार्य प्रारम्भ
गर्नले अधिक सफलता मिल्नेछ ।
मीन M दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
साताको सुरुका दिनमा मन छटपटी र अशान्ति
छाउनेछ । नगद सापटी लिएका आफन्तहरूले वचन पूरा नगर्दा आर्थिक झन्झट आइलाग्न सक्छ ।
मध्य साताबाट गरेको कार्यमा सफलता पाइएला । लामो समयदेखि रोकिएका अधुरा कामहरू
पुरा हुनसक्छ । यो साताका लागि शुभ अङ्क ४,५ र शुभ रङ्ग सिन्दुरे वा घिउ रङ्ग हो ।
कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको आरधना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको यो साता शुभ रहोस् ।
- ज्यो.प.
नारायणप्रसाद दुलाल